राजनीतिमा अपराधीकरणको प्रवेश हुँदै गएको छ : अध्यक्ष यादव « Khabarhub

राजनीतिमा अपराधीकरणको प्रवेश हुँदै गएको छ : अध्यक्ष यादव


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम-  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो समय राजनीतिमा अपराधीकरण बढ्दै गएको बताएका छन् ।

जनता समाजवादी पार्टी धनुषाले सोमबार जनकपुरमा आयोजना गरेको दशैँ, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष यादवले यस्तो धारणा राखेका हुन् ।

‘चुनाव महंगो हुँदै गएको छ । अब गरिब, विपन्न तथा पछाडि परेकाहरूको लागि चुनाव रहेन’, अध्यक्ष यादवले भने, ‘भ्रष्ट्राचार गरे पसै कमाएको छ अब  उनीहरूकै लागि चुनाव हुनेछ । सर्वसाधारणले त चुनावको बोझ नै उठाउन सक्ने अवस्था छैन ।’

अहिलेको चुनावमा इमान्दार, गरिब नेताहरू उठ्न सक्ने अवस्था नरहेको उनले बताए । स्थानीय तहको निर्वाचन प्रणाली परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।

स्थानीय तहमा निर्दलीय निर्वाचन भएको खण्डमा स्वच्छ र इमान्दार व्यक्ति नेतृत्वमा पुग्ने उनले विश्वास व्यक्त गरे । उनले प्रदेश सरकार मन्त्री तथा स्थानीय तहका मेयर उपमेयरलाई जनताको हितमा काम गर्न निर्देशनसमेत दिएका छन् ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीले दशैँ, दीपावली तथा छठको शुभकामना दिँदै उनले प्रदेशलाई सम्वृद्धिको बाटोमा अगाडी बढाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा जनकपुरधामका मेयर लालकिशोर साह लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र जनमत पार्टीका अध्यक्ष सिके राउतविरुद्ध खनिएका थिए । उनले निर्वाचन अघि सिके राउतले मदेसलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : १५ बजे

भोजपुरमा १३ पक्की पुल निर्माण

भोजपुर– सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा

ललितपुर र भक्तपुरका पाँच क्षेत्र : कांग्रेस र रास्वपाबीच कडा टक्कर, भक्तपुर १ मा नेमकिपा ढुक्क

 काठमाडौं – देशभर चुनावको माहोल लागिरहँदा काठमाडौँ उपत्यकामा पनि दलहरूले

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यबाट तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको अनुगमन

गुल्मी– नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२

बैतडीमा ४०७ जनाले हातहतियार बुझाए

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई

रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश

रोल्पा – रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३५