क्षमताभन्दा ठुलो आदर्श : प्रेरक प्रसङ्ग « Khabarhub

क्षमताभन्दा ठुलो आदर्श : प्रेरक प्रसङ्ग


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पण्डित मदनमोहन मालवीयजीले जब कलेजको शिक्षा पूरा गरे तब उनको आर्थिक स्थिति धेरै खराब थियो । उनले तुरुन्त अध्यापकको नोकरी गर्नुपर्‍यो । तर उनी केही तलब पाउँथे ।

पछि आफ्नो प्रतिभा, योग्यता र विद्वताले उनले धेरै प्रसिद्धि पाए । काला काङकरका राजा श्री रामपालसिंहले पनि उनको विषयमा धेरै कुरा सुनेका थिए । त्यो बेलमा उनले हिन्दुस्तान नामक समाचारपत्रको प्रकाशन शुरु थिए । त्यो बेलामा उनले हिन्दुस्तान नामक समाचारपत्रको प्रकाशन शुरु गरेका थिए, जसको लागि उनलाई एउटा सुयोग्य सम्पादक चाहिएको थियो ।

उनले मालवीयजीलाई बोलाए र सोधे, के उनी समाचारपत्रको सम्पादक बन्न मन पराउँछन् । साथै उनले मालवीयजीको अगाडि २५० रुपैयाँ मासिक तलब दिने प्रस्ताव राखे र उनीसँग प्रार्थना गरे कि उनले उनको प्रस्ताव अस्वीकार नगरुन् ।

अध्यापनको कार्यमा मालवीयजीले थोरै तलब पाउँथे । यसैले उनको प्रस्ताव स्वीकार गरे । तर एउटा समस्या थियो कि राजा साहब रक्सी खाने बानी परेका थिए र मालवीयजीलाई रक्सीसँग घृणा थियो । उनले भने, म सम्पादन कार्य अवश्य गर्नेछु । तर मेरो एउटा सर्त छ ?
म तपाईंको हरेक सर्त मान्न तयार छु । राजा साहेबले भने ।

यो सुनेर मालवीयजीले भने, जब तपाईं नशामा हुनुहुन्छ तब कृपया म भएको ठाउँमा नआउनुस् ।

राजा साहेबले मुस्कुरार हुन्छ भने ।

यसपछि मालवीयजीले सम्पादनको कार्य लगनले गर्न थाले । तर एक दिन राजा साहेबले नशामा आफ्नो सर्त भुले र मालवीयजीको कार्यालयमा पुगे ।

मालवीयजीले तुरुन्त आफ्नो राजीनामा दिए ।

जब राजा साहेबको नशा उत्रियो तब उनलाई धेरै ग्लानी भयो । उनले मालवीयजीसँग क्षमा याचना गरे, तर मालवीयजीले भने, म क्षमाभन्दा धेरै आफ्नो आदर्शलाई मान्दछु । म अब तपाईंकोमा काम गर्न सक्दिनँ ।

राजा साहेबले त्यो दिनदेखि रक्सी खान छाडे र मालवीयलाई वकालत पढ्नको लागि २५० मासिक छात्रवृत्ति दिइरहे ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ८ : २७ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी