पण्डित मदनमोहन मालवीयजीले जब कलेजको शिक्षा पूरा गरे तब उनको आर्थिक स्थिति धेरै खराब थियो । उनले तुरुन्त अध्यापकको नोकरी गर्नुपर्यो । तर उनी केही तलब पाउँथे ।
पछि आफ्नो प्रतिभा, योग्यता र विद्वताले उनले धेरै प्रसिद्धि पाए । काला काङकरका राजा श्री रामपालसिंहले पनि उनको विषयमा धेरै कुरा सुनेका थिए । त्यो बेलमा उनले हिन्दुस्तान नामक समाचारपत्रको प्रकाशन शुरु थिए । त्यो बेलामा उनले हिन्दुस्तान नामक समाचारपत्रको प्रकाशन शुरु गरेका थिए, जसको लागि उनलाई एउटा सुयोग्य सम्पादक चाहिएको थियो ।
उनले मालवीयजीलाई बोलाए र सोधे, के उनी समाचारपत्रको सम्पादक बन्न मन पराउँछन् । साथै उनले मालवीयजीको अगाडि २५० रुपैयाँ मासिक तलब दिने प्रस्ताव राखे र उनीसँग प्रार्थना गरे कि उनले उनको प्रस्ताव अस्वीकार नगरुन् ।
अध्यापनको कार्यमा मालवीयजीले थोरै तलब पाउँथे । यसैले उनको प्रस्ताव स्वीकार गरे । तर एउटा समस्या थियो कि राजा साहब रक्सी खाने बानी परेका थिए र मालवीयजीलाई रक्सीसँग घृणा थियो । उनले भने, म सम्पादन कार्य अवश्य गर्नेछु । तर मेरो एउटा सर्त छ ?
म तपाईंको हरेक सर्त मान्न तयार छु । राजा साहेबले भने ।
यो सुनेर मालवीयजीले भने, जब तपाईं नशामा हुनुहुन्छ तब कृपया म भएको ठाउँमा नआउनुस् ।
राजा साहेबले मुस्कुरार हुन्छ भने ।
यसपछि मालवीयजीले सम्पादनको कार्य लगनले गर्न थाले । तर एक दिन राजा साहेबले नशामा आफ्नो सर्त भुले र मालवीयजीको कार्यालयमा पुगे ।
मालवीयजीले तुरुन्त आफ्नो राजीनामा दिए ।
जब राजा साहेबको नशा उत्रियो तब उनलाई धेरै ग्लानी भयो । उनले मालवीयजीसँग क्षमा याचना गरे, तर मालवीयजीले भने, म क्षमाभन्दा धेरै आफ्नो आदर्शलाई मान्दछु । म अब तपाईंकोमा काम गर्न सक्दिनँ ।
राजा साहेबले त्यो दिनदेखि रक्सी खान छाडे र मालवीयलाई वकालत पढ्नको लागि २५० मासिक छात्रवृत्ति दिइरहे ।
साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रतिक्रिया