स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री, जसले १२ घण्टामै राजीनामा दिइन् « Khabarhub

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री, जसले १२ घण्टामै राजीनामा दिइन्


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घन्टामै राजीनामा दिएकी छन् ।

सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि उनले राजीनामा दिएकी हुन् । यससँगै उनी केही घन्टाका लागि भए पनि देशकै पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन् । ‘गठबन्धमा विभाजित भएपछि पदबाट राजीनामा दिएकी हुँ,’ राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा एन्डरसनले भनिन् ।

आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि आफू पुनः प्रधानमन्त्री हुने विश्वास उनले व्यक्त गरेकी छन् । ५४ वर्षीया एन्डरसन यसअघि अर्थमन्त्री थिइन् ।

स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार एन्डरसन प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । उनी नियुक्त भएपछि संसद्मा सांसद्हरूले खुसी मनाएका थिए । संसद्का ३४९ सांसद्मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए ।

बजेटको विषयमा मतभेद भएपछि गठबन्धनमध्येका दुई राजनीतिक दल सेन्टर पार्टी र ग्रीन्स पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका थिए । गठबन्धन साझेदार ग्रीन्स पार्टीले आफूले उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको बजेट अस्वीकार गरेको जनाएको छ । ‘सरकारको बजेटलाई हामीले समर्थन गर्न सक्दैनौं,’ सेन्टर पार्टीका नेता एन्नी लुफले भने ।

स्वीडेनमा सन् २०२२ को सेप्टेम्बरमा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ९ : ०९ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७