स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री, जसले १२ घण्टामै राजीनामा दिइन् | Khabarhub Khabarhub

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री, जसले १२ घण्टामै राजीनामा दिइन्


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घन्टामै राजीनामा दिएकी छन् ।

सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि उनले राजीनामा दिएकी हुन् । यससँगै उनी केही घन्टाका लागि भए पनि देशकै पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन् । ‘गठबन्धमा विभाजित भएपछि पदबाट राजीनामा दिएकी हुँ,’ राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा एन्डरसनले भनिन् ।

आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि आफू पुनः प्रधानमन्त्री हुने विश्वास उनले व्यक्त गरेकी छन् । ५४ वर्षीया एन्डरसन यसअघि अर्थमन्त्री थिइन् ।

स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार एन्डरसन प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । उनी नियुक्त भएपछि संसद्मा सांसद्हरूले खुसी मनाएका थिए । संसद्का ३४९ सांसद्मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए ।

बजेटको विषयमा मतभेद भएपछि गठबन्धनमध्येका दुई राजनीतिक दल सेन्टर पार्टी र ग्रीन्स पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका थिए । गठबन्धन साझेदार ग्रीन्स पार्टीले आफूले उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको बजेट अस्वीकार गरेको जनाएको छ । ‘सरकारको बजेटलाई हामीले समर्थन गर्न सक्दैनौं,’ सेन्टर पार्टीका नेता एन्नी लुफले भने ।

स्वीडेनमा सन् २०२२ को सेप्टेम्बरमा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ९ : ०९ बजे

प्रधानमन्त्रीकाे टिप्पणी- जसपा फुटाउन मेरो भूमिका छैन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका

लामो समयपछि वर्षा हुदाँ किसानलाई राहत

पर्वत– साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका किसानलाई

गोरखाका महिलालाई नौमती बाजा बजाउने तालिम

गोरखा– पालुङटार नगरपालिकाले महिलालाई नौमती पञ्जेबाजा बजाउने तालिम दिन सुरु

अर्थमन्त्रीले भने : ‘निजी क्षेत्रलाई तर्साउँदिन, निरुत्साहित गर्दिनँ’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले सरकारी निकायबाट निजी क्षेत्रलाई निरुत्साहित

बिदा लिएर निजी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई थालियो कारबाही

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई