पञ्चेश्वर गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा | Khabarhub Khabarhub

पञ्चेश्वर गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले आज र भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिकाले सूचना प्रकाशन जारी गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ ।

स्थानीय बिदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि आज र भोलि बिदा दिइएको बताइएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागका अनुसार दुई दिन गाउँपालिका क्षेत्राधिकारभित्र रहेका सम्पूर्ण सङ्घसंस्था, वित्तिय संस्था, विद्यालय, वडा कार्यालय बन्द रहने जनाइएको छ ।

यसअघि मङ्सिर पहिलो साता जात्राकै लागि भने जिल्लाको दशरथचन्द नगरपालिकाले एकदिन र मेलौली नगरपालिकाले दुई दिन बिदा दिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ९ : ५३ बजे

दशैँमा घर नजाउँ, मन मान्दैन : यात्रा गर्न जताततै सडकको अवरोध

काठमाडौं – सडकको अवस्था असहज बन्दा दशैँमा घर हिँडेका हजारौँ

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा– झापाको विर्तामोड नगरपालिका–७ स्थित खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक

दशैँ मनाउन घर फर्किनेहरूको भीड

काठमाडौं– नेपालीहरूको आँगनमा दशैँ भित्रिएसँगै काठमाडौं उपत्यका छोड्नेहरूकाे  सङ्ख्या बढ्नै

नवलपरासी कारागारमा २२२ कैदीबन्दी फर्किए

नवलपरासी– ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट

चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार

तनहुँ– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लामा चार