सिक्किमकी साङ बनिन् ‘मिस तामाङ वर्ल्ड’ « Khabarhub

सिक्किमकी साङ बनिन् ‘मिस तामाङ वर्ल्ड’


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राजधानीमाको होटल सोल्टी क्राउन प्लाजामा भएको ‘मिस तामाङ वल्र्ड २०२१’ को उपाधि सिक्किमकी साङ डोमा ब्लोनले जितेकी छन् । साधना कला केन्द्रको आयोजनामा भएको प्रतिष्पर्धामा ब्लोनले ‘उत्कृष्ट ड्रेस’, ‘उत्कृष्ट हेल्थ’, ‘भ्यूअर्स च्वाइज’सहित शीर्ष उपाधि चुमेकी हुन् ।

ब्लोनले दुई लाख बराबरको सुनको मेडल, १५ तोला बराबरको सिल्भर क्राउनलगायतका विभिन्न ट्रफीहरु प्राप्त गरेकी थिइन् । प्रतियोगितामा उत्कृष्ट ७ मा परेका प्रतिष्पर्धीले ५० हजार नगदसहित ट्रफीहरु पाएका थिए ।

प्रतियोगितामा रविना थिङ ‘उत्कृष्ट कल्चर’, सबिता लो ‘उत्कृष्ट टुरिजम’, प्रभा फुयूबा ‘उत्कृष्ट एजुकेशन’, रेनु तामाङ ‘उत्कृष्ट सोसल वेलफेयर’, अप्रिला घिसिङ ‘उत्कृष्ट इनभायरमेन्ट’, ‘वेष्ट ट्यालेन्ट’ र ‘वेष्ट पर्सनालिटी’, अलिसा तामाङ ‘वेष्ट इकोनोमी’, निशा रुम्बा ‘पब्लिक च्वाइस’ बने ।

प्रतियोगितामा ‘वाइल्ड कार्ड’बाट प्रवेश पाएका अलिशा घिसिङ ‘वेस्ट फोटोजेनिक’ र अस्तर थोकर ‘वेस्ट डिसिप्लिन’ बने ।

तामाङ गुरु स्याल्पा तेन्जिङ रिम्पोछेको प्रमुअ आतिथ्यमा भएको कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश टंक मोक्तान, पूर्व मन्त्री रामवीर मानन्धर, पूर्व मन्त्री परशुराम तामाङ, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एआइजी कृष्णबहादुर तामाङ, एएससीए जापानका अध्यक्ष विनोद लामा लगायतको उपस्थिति थियो ।

प्रतियोगितामा सोसल वेलफेयरको तर्फबाट डीएनबहादुर तामाङ, कल्चरतर्फ ध्यानबहादुर मोक्तान, एजुकेशनतर्फ केडी मोक्तान, इकोनोमीतर्फ डा.माधव मल्ल, हेल्थतर्फ डा.छिरिङ योञ्जन, इनभायरमेन्टतर्फ आश्रा कुँवर, टुरिजमतर्फ छिरिङ डोल्मा शेर्पा निर्णायक थिए । प्रतियोगितामा मिस तामाङ वर्ल्ड फाउन्डेसनको सहकार्य रहेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १२ : ३५ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग