एमाले महाधिवेशनले तोड्दै देउवा-ओली संवादहिनता « Khabarhub

एमाले महाधिवेशनले तोड्दै देउवा-ओली संवादहिनता


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि संवादहिनता टुट्यो ।

६ महिनायताको यो संवादहिनता एमाले महाधिवेशनले भने तोड्दैछ । प्रधानमन्त्रीबाट हटेपछि बालुवाटार छाडेका बालकोट फर्केका ओली त्यसयता बालुवाटार फर्केका छैनन् ।

प्रधानमन्त्री देउवाले धेरैपटक भेट्न चाहे पनि ओलीले इच्छा देखाएका छैनन् । कतिसम्म भने देउवाले प्रधानमन्त्रीको शपथ ग्रहणमा समेत ओली राष्ट्रपति कार्यालय गएनन् । निवर्तमान हुँदै गरेका प्रधानमन्त्रीले नयाँ प्रधानमन्त्रीलाई स्वागत गर्दै शपथ ग्रहण समारोहमा सहभागी हुने परम्परा नै छ । तर, ओलीले त्यो परम्परा तोडेका थिए ।

ओलीले आफूलाई भेट्न नचाहेपछि देउवाले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाएका थिए । ओली र कार्कीबीच तीनपटकभन्दा बढी भेटवार्ता भइसकेको छ । तर, अब देउवा र ओलीबीच संवादहीनता अन्त्य हुने भएको छ । प्रधानमन्त्री देउवा एमालेको १०औँ महाधिवेशनलाई सम्बोधन गर्न चितवन जाने तय भएकाले दुवै नेताबीच संक्षिप्त भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री देउवा शुक्रबार बिहान ११:४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्नेछन् । उनी हेलिकोप्टरबाट चितवन जानेछन् । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेर दिउँसो १:१५ बजे देउवा काठमाडौं फर्कने छन् ।

 

 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ३ : ३० बजे

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं– नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने

छानो बिग्रिएपछि मर्मत गरिँदै भैरवको रथ : नौ दिनसम्म बिस्केट जात्रा मनाइने

भक्तपुर– विश्वनाथ भैरवको रथको अगाडि रहेको बेताल देवताको केही भाग

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी