आतंकवादविरूद्ध मोटरसाइकल र्‍याली « Khabarhub

आतंकवादविरूद्ध मोटरसाइकल र्‍याली


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- आतंकवादविरूद्ध बिहीबार जनकपुरधाममा मोटरसाइकल र्‍याली प्रदर्शन गरिएको छ ।

राष्ट्रिय एकता अभियानको अगुवाईमा युवाहरुले मोटरसाइकल र्‍याली प्रदर्शन गरेका हुन् । भारतको मुम्बईमा भएको आतंकवादी हमलाको स्मरण गर्दै मोटरसाइकल र्‍याली प्रदर्शन गरिएको युवाहरुले बताएका छन् ।

स्थानीय रेल्बे स्टेशनबाट निकालिएको मोटरसाइकल र्‍याली भानु चोक, शिव चोक, जनक चोक हुँदै जानकी मन्दिरमा गएर टुंगिएको थियो ।

प्रदर्शन गर्ने क्रममा युवाहरुले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भन्दै बिभिन्न नारा लेखिएको प्लेकार्ड टाँसेका थिए ।

‘विश्वशान्तिको दुश्मन–पाकिस्तान, आतंकवादको पहिचान–पाकिस्तान, लादेन कहाँ भेटिए–पाकिस्तानमा, आतंकवादलाई प्रश्रय दिने मुलुक अपराधी हो, आतंकी अखडाहरू नष्ट गर पाकिस्तान, आतंकी परिचालन बन्द गर, मानवअधिकारको उल्लंधन बन्द गर,  धार्मिक अतिवादको अन्त्य गर, कट्टरपन्थी मुर्दावाद, विश्व शान्ति कायम गर, संघीय हिन्दु गणतन्त्र नेपाल–जिन्दावादसहितका नारा लेखिएको प्लेकार्ड उनीहरुले बोकेको थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ४ : ११ बजे

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं– नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने

छानो बिग्रिएपछि मर्मत गरिँदै भैरवको रथ : नौ दिनसम्म बिस्केट जात्रा मनाइने

भक्तपुर– विश्वनाथ भैरवको रथको अगाडि रहेको बेताल देवताको केही भाग

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी