आतंकवादविरूद्ध मोटरसाइकल र्‍याली | Khabarhub Khabarhub

आतंकवादविरूद्ध मोटरसाइकल र्‍याली


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- आतंकवादविरूद्ध बिहीबार जनकपुरधाममा मोटरसाइकल र्‍याली प्रदर्शन गरिएको छ ।

राष्ट्रिय एकता अभियानको अगुवाईमा युवाहरुले मोटरसाइकल र्‍याली प्रदर्शन गरेका हुन् । भारतको मुम्बईमा भएको आतंकवादी हमलाको स्मरण गर्दै मोटरसाइकल र्‍याली प्रदर्शन गरिएको युवाहरुले बताएका छन् ।

स्थानीय रेल्बे स्टेशनबाट निकालिएको मोटरसाइकल र्‍याली भानु चोक, शिव चोक, जनक चोक हुँदै जानकी मन्दिरमा गएर टुंगिएको थियो ।

प्रदर्शन गर्ने क्रममा युवाहरुले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भन्दै बिभिन्न नारा लेखिएको प्लेकार्ड टाँसेका थिए ।

‘विश्वशान्तिको दुश्मन–पाकिस्तान, आतंकवादको पहिचान–पाकिस्तान, लादेन कहाँ भेटिए–पाकिस्तानमा, आतंकवादलाई प्रश्रय दिने मुलुक अपराधी हो, आतंकी अखडाहरू नष्ट गर पाकिस्तान, आतंकी परिचालन बन्द गर, मानवअधिकारको उल्लंधन बन्द गर,  धार्मिक अतिवादको अन्त्य गर, कट्टरपन्थी मुर्दावाद, विश्व शान्ति कायम गर, संघीय हिन्दु गणतन्त्र नेपाल–जिन्दावादसहितका नारा लेखिएको प्लेकार्ड उनीहरुले बोकेको थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ४ : ११ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र