सामाजिक सुरक्षा भत्ता बुझ्नै सास्ती « Khabarhub

सामाजिक सुरक्षा भत्ता बुझ्नै सास्ती


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन् । सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि बैंक पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिले सास्ती भोग्नुपरेको छ । जिल्लाका १२ वटा स्थानीय तहमध्ये साइपाल गाउँपालिकामा मात्र बैंक स्थापना भएको छैन । साइपाल गाउँपालिकाले तल्कोट गाउँपालिकामा रहेको एभरेष्ट बैंक र सदरमुकाम चैनपुरबाट कारोबार गरिरहेको छ ।

बैंक खाता अनिवार्य गरेपछि बैंकसम्म पुग्न भौगोलिक कठिनाइले सकस हुने भएकाले बुङ्गल नगरपालिकाले भने कृषि विकास बैंकका कर्मचारीसहित नगरपालिकाले ११ वटै वडामा बैंक खाता खोल्न वडा कार्यालयमै पुगेर शिविर सञ्चालन गरेको नगरपलिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत भरत रोकायाले बताए ।

बुङ्गल नगरपालिका–२ सलकाट्टेकी लक्ष्मी पटकीदेवी धामी ८५ वर्ष पुगिन् । उनलाई हिँडडुल गर्न निकै सकस हुन्छ । यसअघि घरमै भत्ता बुझ्दै आएकी धामीले यसपालि भने बैंकबाटै भत्ता बुझ्ने भएकी छन् । सरकारले बैंकबाट मात्र भत्ता दिने भएपछि गाउँलेले बोकेर उनलाई वडा कार्यालयमा आएको शिविरमा लगे । लेखपढ गर्न नजान्ने र राम्ररी आँखा पनि नदेख्ने धामीलाई बैंकमार्फत भत्ता बुझ्ने काम झन्झटिलो लागेको छ ।

उनले भनिन्, “एक घण्टाको बाटोमा त गाउँका दाजुभाइले बोकेर ल्याए । बैंक पुग्न दुई घण्टा हिँडनुपर्छ सरकारले भत्ता दिएर त राम्रै काम गरेको थियो । तर भत्ता बाँडने काम झन्झटिलो भयो ।” भौगालिक कठिनाइका कारण उनलाई मात्र नभएर सबै ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिले बैंकबाट भत्ता लिनुपर्ने भएपछि निकै सास्ती भएको स्थानीयवासीको भनाइ छ ।

बुङ्गल नगरपलिकाको लौनेबाट वडा कार्यालयसम्म पुग्न पाँच घण्टा हिँडनुपर्छ । वडा कार्यलयबाट साना सवारी जीप चढेर झण्डै दुई घण्टाको यात्रापछि कृषि विकास बैंकको बुङ्गल शाखामा पुगिन्छ । पहिलेभन्दा अहिले भत्ता लिन धेरै झन्झट व्यहोर्नुपरेको सेवाग्राहीको भनाइ छ । बैंकसम्म पुग्न दुई दिन लाग्छ । बैंकमा पुगे पनि घण्टौँ लाइनमा बस्नुपर्छ । एकातिर समयको खर्च अर्कातिर सरकारले दिएको भत्ता पनि बैंक जाँदा गाडी भाडा र खाना खर्चमै सकिन्छ ।

भौगोलिक हिसाबले निकै टाढा रहेका जिल्लाका ग्रामीण बस्तीका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भत्ता बुझ्न घण्टौँ पैदल हिँडेर बजार पुग्नुपरेको उनको भनाइ छ । बझाङका अधिकांश लाभग्राही अहिले सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि कम्तीमा दुई घण्टादेखि एक दिन हिँडेर बैंक पुग्ने गरेका छन् । बैक पुगे पनि चेकमा लेख्न लगाउनुपर्ने, घण्टौँ लाइनमा बस्नुपर्ने, घर फर्कन गाडी कुर्नुपर्ने, बुढेसकालमा घण्टौँ हिँडनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । कहिलेकाहीँ बैंकमा इन्टरनेटले काम नगर्दा रित्तै हात फर्कनुपर्दा झन् समस्या हुने गरेको छ ।

गाउँनजिकै बैंक नहुने र टाढा–टाढाका बैंकमा खाता खोल्नुपर्ने बाध्यता हुँदा सामाजिक सुरक्षा भत्ता बुझ्ने जिल्लाका सयौँ बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक भत्ता बुझ्न बैंक जानुपर्ने बाध्यताबाट पीडित छन् । यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा गएर सामाजिक सुरक्षा भत्ता दिँदै आएकामा सरकारले बैंकिङ प्रणालीबाट दिन सुरू गरेपछि नागरिकलाई सास्ती भएको हो । स्थानीय सरकारमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता सहजरूपमा वितरण गरिनुपर्ने लाभग्राहीको माग छ । रासस

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ४ : ४७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको