भारतलगायत देशबाट विदेशी अतिथि आउने, चिनियाँ कम्युनिष्ट पार्टीले पठायो भिडियो सन्देश « Khabarhub

भारतलगायत देशबाट विदेशी अतिथि आउने, चिनियाँ कम्युनिष्ट पार्टीले पठायो भिडियो सन्देश


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेको १०औँ महाधिवेशनको ९५ प्रतिशत तयारी सकिएको छ । महाधिवेशनको तयारीबारे एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार उद्घाटनस्थल नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी बिहीबार रातिसम्म सबै काम पूरा हुने जानकारी दिए ।

महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन आइपुगेका छन् । महाधिवेशनको बन्दसत्र हुने सौराहाको होटल सेभेन स्टारको आडैमा प्रतिनिधि र स्वयंसेवक अट्ने हल लगभग निर्माण भइसकेको उनले बताए ।

जिल्लाका चोकचोकमा झण्डा राखिएको छ । जिल्लाभित्र ५० भन्दा बढी स्वागत द्वार निर्माण गरिएको उनको भनाइ छ । महाधिवेशन सम्पन्न गर्न साढे सात करोड बढी खर्च लाग्ने अनुमान गरिएको छ । जिल्ला प्रवेश गर्ने नाकाहरूमा पनि प्रवेश द्वार निर्माण गरिएको छ ।

उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आमजनसमुदायसमेत गरी पाँच लाख जना सहभागी हुने एमालेको अपेक्षा छ । सहभागीहरूलाई नारायणी नदी किनारको नारायणगढ र गैंडाकोट दुवैतर्फ राखिने उनले बताए । उद्घाटनमा जिल्लाको सात स्थानबाट जुलुस निस्कने उनको भनाइ छ ।

बन्द सत्रमा भूगोल, जसंगठन, विभाग, सम्पर्क कमिटी र प्रवास कमिटीका गरी दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय तीन जना पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिहरूमध्ये ६ सय २७ जना महिला प्रतिनिधि हुनेछन् । दलित उत्पिडित क्षेत्रबाट दुई सय नौ जना प्रतिनिधि आउने छन् ।

महाधिवेशनको उद्घाट सत्रमा व्यवस्थापनका लागि पाँच हजार स्वयंसेवक खटाइने उनले बताए । प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई खानपान र बन्दोबस्तको व्यवस्था गरिएको छ ।

शुक्रबार महाधिवेशन उद्घाटन सत्रको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गर्ने छन् । त्यसका लागि ओली बिहीबार नै चितवन आइपुगेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आउने छन् ।

बन्दसत्रलाई पार्टी अध्यक्ष ओली र विदेशी पाहुनाले सम्बोधन गर्ने कार्यक्रम छ । ‘त्यसलगत्तै निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया अघि बढाउँछ । साँझ ६ बजेसम्ममा उम्मेदवारी दर्ता, फिर्ता लिने, दाबी विरोधलगायतका सबै प्रक्रिया पूरा गरेर उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गर्ने भनी आयोगले दिएको छ’, उनले भने ।

महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न देशका राजनीतिक दलका नेताहरू सहभागी हुने उनले बताए । चिनियाँ कम्युनिष्ट पार्टीले महाधिवेशनका लागि भिडियो सन्देश पठाएको उनले जानकारी दिए ।

उद्घाटनपछि सबै प्रतिनिधिहरू सौराहा जाने उनले बताए । शुक्रबार बेलुका प्रतिनिधिहरूको परिचय पत्र वितरण हुनेछ । ११ मंसिर बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुनेछ । बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ ।

१२ मंसिर बिहान ८ बजेबाट मतदान सुरु हुने छ । सयवटा इलेक्ट्रोनिक भोटिङ मेसिनमध्ये १० वटा स्टक राखेर ९० वटामा भोटिङको काम हुने उनले बताए । त्यस दिन साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका छ । जबजको मार्गदर्शनबाट समाजवादसम्म पुग्ने एमालेको अबको नीति रहेको उनले बताए ।

‘महाधिवेशनलगत्तै एमाले चुनावको तयारीमा जाँदै छ । स्थानीय चुनाव, संघ र प्रदेशका चुनावमा एमालेले बहुमत हासिल गर्नेगरी एउटा संकल्प गरेर फर्किन्छ’, उनले भने, ‘यो महाधिवेशन एकता र सहमतिको महाधिवेशन हुने छ । पार्टीभित्रका अन्तरविरोधहरूलाई मैत्रीपूर्ण तरिकाले समाधान गर्दै एमालेलाई यो देशको एकमात्र कम्युनिष्ठ पार्टीको रूपमा स्थापित गर्ने काम हुन्छ ।’

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ५ : ४९ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई