प्यानलसहित कास्की कांग्रेस सभापतिका लागि पाँच जनाको उम्मेदवारी « Khabarhub

प्यानलसहित कास्की कांग्रेस सभापतिका लागि पाँच जनाको उम्मेदवारी


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसको कास्की जिल्ला सभापतिका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । पार्टीभित्रै नेताहरूको गुटको छाया देखिने गरी प्यानल बनेको छ ।

सभापति शेरबहादुर देउवा प्यानलबाट किशोरदत्त बरालले उम्मेदवारी दिएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार बढी छन् ।

आइबहादुर गुरुङ र पोषनाथ शर्मा पौडेल निकट हुन् । सुदिपमोहन भट्टराई कृष्ण सिटौला निकट मानिन्छन् । अर्का सभापतिका उम्मेदवार गिरीराज गौतम पनि पौडेल समूहकै हुन् ।

गौतम जितका लागि भन्दा भट्टराईलाई पराजित गर्ने गरी उठेको केही नेताको आरोप छ । उनीहरू दुवैजनाको क्षेत्र एकैतिर पर्ने र लामो समयदेखि भट्टराईको कामप्रति असन्तुष्टि जनाउँदै आएका गौतम जिल्लामा पूर्वमन्त्री यज्ञबहादुर थापा नजिक छन् । उता, शर्माको उम्मेदवारीले गुरुङलाई जित्न गाह्रो पर्ने देखिन्छ । उनीहरू यसअघि एकै खेमामा थिए।

सभापतिमा उम्मेदवारी दिएका गुरुङ हालका उपसभापति, शर्मा क्षेत्रीय सभापति, भट्टराई जिल्ला सचिव हुन् भने बराल केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य र गौतम महासमिति सदस्य हुन् ।

जिल्ला उपसभापतिका लागि १०, सचिवका लागि ९ र सहसचिवका लागि १० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत रामचन्द्र पौडेल (विमल) ले जानकारी दिए । उपाध्यक्षमा कृष्णप्रसाद ढुंगाना, नारायणप्रसाद श्रेष्ठ, पीताम्बर पौडेल, प्रज्वल रञ्जित, विजयराज भण्डारी, युवराज कुँवर, रामबाबु भण्डारी, रंगिला आचार्य, लेखबहादुर गुरुङ र हरिप्रसाद लामिछानेले उम्मेदवारी दिएका छन् ।

सचिवमा अमृतकुमार श्रेष्ठ, कृष्णप्रसाद तिमिल्सिना, देवेन्द्र भाट, भरतप्रसाद तिवारी, भानुभक्त ढकाल, महेन्द्र पुन, राजबहादुर गुरुङ, विष्णुप्रसाद पौडेल र सिरोज कोइरालाको मनोनयन छ । सहसचिवमा कृष्णमान ठुसाजु, गणेशबहादुर थापा, जयप्रकाश थापा, देवराज गुरुङ, नवीन सिग्देल, भीम गौतम, लक्ष्मण पहारी, विकास थापा र शंकर ढुंगानाले उम्मेदवारी दिएका छन् । मतदान शुक्रबार हुनेछ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ८ : ३० बजे

कोइराला परिवारका शेखर–शशांकसँग नेतृत्वचेत देखिएन : अमरसिंह पुन

काठमाडौं- पार्टीलाई विधि विधानबाट चलाउनु पर्छ भन्ने आवाज बुलन्द गर्दै

जेन-जी सहिदकी दिदी भन्छिन्- मेरो भाइको नाममा सालिक बनाइयोस्

काठमाडौं– पूर्वीया थारु समुदायको महान् पर्व जितिया नजिकिँदै थियो । भदौ

विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको  अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष

विशेष महाधिवेशनमा विनोद चौधरी पनि उपस्थित

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेता मानिएका

फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा

खोटाङ– सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको