क्षेत्र नम्बर ४ मा सर्वसम्मत, अन्य क्षेत्रमा विवाद « Khabarhub

क्षेत्र नम्बर ४ मा सर्वसम्मत, अन्य क्षेत्रमा विवाद


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन बिहीबार पनि निष्कर्षमा पुग्न सकेन । आकांक्षीको संख्या बढी र सर्वसम्मतमा विवाद सिर्जना भएपछि क्षेत्रीय अधिवेशन निष्कर्षमा पुग्न नसकेको हो ।

प्राप्त जानकारीअनुसार बिहीबार बेलुकीसम्म क्षेत्र नम्बर ४ मा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । उपिनप्रसाद यादवको नेतृत्वमा २१ सदस्यीय क्षेत्रीय कार्यसमिति निर्वाचित भएको महोत्तरी कांग्रेसले जनाएको छ ।

अन्य क्षेत्रमा भने छलफल सर्वसम्मतको प्रयास जारी रहेको महोत्तरी कांग्रेसका सभापति महेन्द्र राय यादवले बताए ।

निर्वाचन क्षेत्र नम्बर ३ को ख मा अझै प्रदेश प्रतिनिधि चयन हुन सकेका छैनन् । निर्वाचन गर्न पनि नमान्ने र सर्वसम्मत गर्न पनि अस्वीकार गर्ने एक पक्षको अडानका कारण महोत्तरीमा वडादेखि पालिका र क्षेत्रीय अधिवेशन विवादित बन्दै आएको छ ।

अझै मनरासिस्वा वडा नम्बर ८ मा वडा अधिवेशन हुन सकेको छैन । त्यसैगरी प्रदेश प्रतिनिधि छनोटमा समेत ढिलाइ भइरहेको केन्द्रबाट खटिएर आएका निर्वाचन अधिकृत इन्द्र सुवेदीले बताए ।

विवादित क्षेत्र नम्बर १, २ र ३ मा सहमति नभए निर्वाचनको विकल्प नरहेको सभापति यादवको भनाइ छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ९ : १५ बजे

आशाका कालजयी गीतमा स्कुले बच्चादेखि वृद्धसम्म ‘छमछमी’

मोहनी लाग्ला है !‘वसन्त नै बस्न खोज्छ यहाँ’‘किन बढ्दैछ ढुकढुकी

उपसभामुखमा जिल्लिएपछि राप्रपा चर्कियो विवाद, नयाँ नेतृत्वका लागि तत्काल महाधिवेशनमा जानुपर्ने माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फागुन २१ गतेको निर्वाचनमा भएको पराजयको

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का 

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा– यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा

हच सहरमा राष्ट्रिय फूल बगैंचा परियोजना सुरू, नेपाल-चीन सांस्कृतिक सहकार्यमा अर्को खुट्किलो

बेइजिङ- चीनको हच सहरस्थित मुतान जिल्लाको कूआन्यु पियोनी बगैंचामा ‘युनिभर्सल