जनगणनामा समेटिए राउटे « Khabarhub

जनगणनामा समेटिए राउटे


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समूदायको जनसंख्या घटेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनगणनामा उनीहरूको जनसंख्या घटेको देखाएको छ । राउटे बस्तीमा पुगेर गणना गर्ने गणकहरूका अनुसार राउटेको जनसंख्या १ सय ४५ रहेको छ । अघिल्लो गणनामा १ सय ५० उल्लेख भएको थियो ।

नेपालको २०६८ को जनगणना अनुसार नेपालमा राउटेको संख्या ६ सय १८ रहे पनि ६ सय ५० जना राउटे रहेको हुनसक्ने अनुमान गरिएको तथ्यांक छ । मध्य तथा पश्चिम नेपालमा फिरन्ते जीवन बिताउने राउटेको संख्या एक सय ५० उल्लेख गरिएको छ ।

२०६८ को जनगणना र २०७८को प्रारम्भिक जनगणनालाई तुलना गर्दा पाँच जना राउटेको संख्या घटेको देखिन्छ । प्रारम्भिक जनगणना अनुसार पुरुष ६९ जना र महिला ७६ जना रहेका छन् । १ सय ४५ जनसंख्या र ४८ घरधुरी रहेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले जानकारी दिए ।

उनका अनुसार गणक टोलिले राउटे बस्तीमा दुई दिन लगाएर जनगणना गरेको थियो । पछिल्लो चरणमा मृत्युदर बढेको भन्दै विभिन्न ठाउँमा फिरन्ते जीवन बिताउँदै आएका राउटे अहिले सल्यानको बनगाड कुपिण्डे नगरपालिका ३ कारागाउँ नजिक बस्दै आइरहेका छन् ।

स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समूदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जातिमा पर्छ ।

यो समूदाय दुई महिना अघिमात्रै सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका ११ वालुवासंग्रही बाँगीरह हुँदै भेरी किनारदेखि एक सातामै सोही नगरको वडा नम्बर १ घाटगाउँमा बसाइँ सरेको थियो ।

एक सातायता राउटे पुनः नगरको वडा १ नाम्रा हुँदै अहिले वडा नम्बर ३ को काँरागाउँमा बसाइँ सरेका छन् । सोही क्षेत्रमा बसाइँ सरेका राउटेको पनि गणना भएको छ ।

सरकारले भत्ता उपलब्ध गराउँदै आएसँगै उनीहरूको जीवन शैली फेरिएको छ भने समूदायसँग पनि केही नजिक देखिएका छन् । राउटेको संख्यामा बालबालिकाहरू बढी रहेको उनले बताए । उनीहरूले परम्परागतरूपमा निर्माण गर्ने कोसीहरू समेत कम गर्न थालेएको पाइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ९ : ४५ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार