छलफलका लागि प्रधानमन्त्रीले कानून व्यवसायीलाई बोलाए | Khabarhub Khabarhub

छलफलका लागि प्रधानमन्त्रीले कानून व्यवसायीलाई बोलाए


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेर आन्दोलन गरिरहेका कानून व्यवसायीलाई छलफलका लागि बोलाएका छन् । नेपाल बार एसोसिएसनले आन्दोलन थालेको एक महिनापछि प्रधानमन्त्रीले कानून व्यवसायीलाई छलफलका लागि बोलाएका हुन् ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार बिहान साढे १० बजेका लागि बालुवाटार बोलाइएको बताए । बारले राजनीतिक दल, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउँदा कांग्रेसलाई बुझाउन पाएको छैन ।

कांग्रेस संसदीय दलका नेता (प्रधानमन्त्री देउवा), प्रमुख सचेत र सचेतकसमेतसँग समय नभएपछि बारले ज्ञापनपत्र बुझाउन पाएको थिएन । अब शुक्रबार ज्ञापनपत्र पनि बुझाउने गरी बार बालुवाटार जाने भएको हो । बार पदाधिकारी र बार सल्लाहाकार परिषदका सदस्यहरुसहितको टोली प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार जानेछ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ९ : २७ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार