झापाबाट प्रधानमन्त्रीको घोषणा- ओलीबिनाको एमाले देख्ने चहाना पूरा हुँदैन « Khabarhub

झापाबाट प्रधानमन्त्रीको घोषणा- ओलीबिनाको एमाले देख्ने चहाना पूरा हुँदैन


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

झापा- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टीभित्रको एकता मजबुत बनाएर संकल्पसहित लाग्न सके अरूले हराउन नसक्ने बताएका छन् ।

एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई आइतबार दमकमा सम्बोधन गर्दै उनले लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका स्वार्थी नेताहरूले विगतमा विभाजन र पार्टी सिद्धयाउने षड्यन्त्र गरेको बताए ।

तर उक्त प्रयासविरुद्ध कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको उनले बताए ।

पछिललो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्किएको घोषणा गरिसकेको अवस्थामा प्रधानमन्त्रीसमेत रहेका उनले आफूबिनाको एमाले देख्न नचाहने प्रतिक्रियावादीले खेल्न थालेको बताए ।

‘त्यो केपी ओलीबिनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल हो’, उनले भने, ‘पार्टीभित्र र बाहिरबाट भइहेको षड्यन्त्र चिर्दै ढुक्कका साथ सही नीति र नेतृत्वको पक्षमा लाग्नुस् ।’

उनले एमालेबिनाको देश होस् भन्ने चाहना पनि पूरा नहुने बताए । ‘एमालेबिनाको देश र केपी ओलीबिनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन’, उनले भने, ‘एमाले साना स्वार्थ बोक्ने पार्टी होइन । यसको काँधमा देश बनाउने महान उद्देश्य छ । यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो ।’

उनले एमालेविरुद्ध जाल बुन्नेहरू सफल नहुने बताए । ‘माकुरोको जालोमा कहिल्यै भैंसी पर्दैन । हाम्राविरूद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन । केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन’, उनले भने, ‘हामी सहकारी ठगेर मुद्दा  झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन ।’

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ५ : ३७ बजे

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ

२०८२-८३ मा निर्जीवन बीमा व्यवसाय : ५१ अर्ब ९२ करोड प्रिमियम संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२-८३ मा निर्जीवन बीमा कम्पनीहरूले कुल ५१

देवानगञ्ज घटनापछि सीमा नाकामा कडा सुरक्षा, परिचय पत्र नबोक्ने भारतीयलाई नेपाल छिर्न निषेध

मोरङ- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा

कर्णाली– कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाही मुगु जिल्ला सोरु

सुकुम्वासीको पुकारा- अस्वस्थ शरीर र त्रसित मन लिएर कसरी बाँचौँ ? 

सरकारले खोला किनारमा रहेका सुकुम्वासी बस्तीमा डोजर लगाएपछि सयौँ परिवार