दक्षिण अफ्रिकामा कोरोनाको नयाँ ‘भेरिएन्ट’ भेटियो « Khabarhub

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ ‘भेरिएन्ट’ भेटियो


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जोहानेसबर्ग– दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।

“दुःखको कुरा, हामीले एउटा नयाँ विविधता भएको भाइरस पत्ता लगायौँ र यो नै दक्षिण अफ्रिकामा सङ्क्रमण दर बढ्नुको चिन्ताको कारण हुनसक्छ,” भाइरलोजिस्ट टुलियो डे ओलिभेराले पत्रकार सम्मेलनमा भने ।

बी.१.१.५२९ वंश संख्या मानेको यस भेरिएन्टमा धेरै संख्यामा उत्परिवर्तनहरू रहेको उनले बताए । दक्षिण अफ्रिकाबाट आएका यात्रुमाझ बोत्स्वाना र हङकङमा पनि यो पत्ता लागेको उनले बताए ।

स्वास्थ्य मन्त्री जो फाहल्लाका अनुसार विरामीमा देखिएको समस्याका पछाडि यो विविधता ‘गम्भीर चिन्ताको’ विषय भएको छ । दक्षिण अफ्रिकामा यस महिनाको सुरुतिर १०० जनाको दरमा दैनिक कोभिड सङ्क्रमित देखिएकोमा बुधबारको संक्रमण एक हजार २०० भन्दा बढी पाइएको छ ।

गत वर्ष दक्षिण अफ्रिकामा यो भाइरसको ‘बीटा’ भेरिएन्ट भेटिएको थियो यद्यपि अहिलेसम्म यहाँ संक्रमितहरूमा डेल्टा भेरिएन्ट नै बढी पाइएको थियो । डेल्टा भेरिएन्ट सुरुमा भारतमा पत्ता लागेको थियो ।

अफ्रिका महादेशभरमा सबैभन्दा धेरै महामारीबाट प्रभावितको संख्या दक्षिण अफ्रिकामा छ, जहाँ लगभग २९ लाख ५० हजार सङ्क्रमित पुगेका छन् र त्यसमध्ये ८९ हजार ६५७ जनाको मृत्यु भएको छ । एएफपी

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १० : ३० बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको