पिसाब पोल्छ ? यसको समाधान आफैँ गर्नुहोस् « Khabarhub

पिसाब पोल्छ ? यसको समाधान आफैँ गर्नुहोस्


९ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वका धेरैजसो मानिसहरू पिसाब पोल्ने रोगबाट पीडित छन् । पीडित रोगीहरूमध्ये केहीलाई ज्वरो आएको समयमा, पिसाब नलीमा पत्थरी भएमा पिसाब पोल्ने गर्छ भने धेरैजसो चर्को घाममा काम गर्दा, पानी कम पिउँदा, चिल्लो, पिरो, अमिलो, गरम मसलाको अत्यधिक प्रयोग गर्नाले यो समस्याबाट पीडित हुन्छन् । जसले गर्दा पिसाब तुरतुर आउने, पहेँलो पिसाब आउने, लिङ्ग वा योनी पोल्नुको साथै धेरैलाई ज्वरोसमेत आउने गर्दछ । त्यसैले यसको समयमै उपचार नगरे झनै गम्भीर समस्या उत्पन्न हुन सक्छ ।

खान र गर्न नहुने कुराहरू : 

तारे भुटेका, बढी मसला र खुर्सानी भएका खानेकुराहरू, रक्सी, बियर, मरीच, अदुवा, दालचिनी, ल्वाङजस्ता गर्मी बढाउने चीजहरू खानुहुँदैन । बढी चिया र कफी पनि पिउनुहुँदैन ।

खान र गर्न हुने कुराहरू : 

दैनिक ५-६ लिटरसम्म पानी पिउने, ग्लुकोज मिस्री (कागतीको रस मिलाएर) पानी प्रशस्त पिउने, लौका, घिरौँलाको तरकारीको रस खाने ।

दिनदिनै धनियाँलाई पानीमा भिजाएर सुत्ने बेलामा पिउने, रसिला फलहरूको सेवन गर्नुका साथै दुई तीन चम्चा गहतलाई भिजाएर खाली पेटमा राम्ररी चपाएर खाने ।

२०-२५ मिनेटसम्म कम्मर, पेट, यौनाङ्ग र नितम्बलाई चिसो पानीमा डुबाउने । यसो गर्दा पनि ठिक नभए डाक्टरसँग सल्लाह लिई अन्य उपचार गर्ने ।

साभार : हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ९ : २४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको