हरेक शुक्रबार बेहुली बन्छिन् यी पाकिस्तानी महिला, कारण यस्तो « Khabarhub

हरेक शुक्रबार बेहुली बन्छिन् यी पाकिस्तानी महिला, कारण यस्तो


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रहर र शौख मानिसमा हुने विचित्रको स्वभाव हो । केही मानिस शौख पुरा गर्ने चक्करमा कैयौँ आश्चर्यका काम गर्न पुग्छन् । त्यस्तै पाकिस्तानकी एक महिला आफ्नो शौख पुरा गर्न हरेक साता बेहुली बन्ने गरेकी छन् भन्दा पत्याउन गाह्रो होला तर सत्य हो ।

पाकिस्तानको पञ्जाब प्रान्त निवासी यी महिला विगत १६ वर्षदेखि हरेक शुक्रबार सोह्र श्रृंगार गरी बेहुली बन्ने गरेकी छन् । पाकिस्तानको लाहौरमा बस्ने हीरा जीशान ४४ वर्षकी भइन् । उनी हरेक साता श्रृंगार गरेर बेहुलीको पहिरन लगाउँछिन् । हात र खुट्टामा मेहन्दी, बेहुलीको पोसाक र गहना लगाएर उनी दिनभर सजिएर बस्छिन् ।

हीराका अनुसार १६ वर्ष पहिले उनकी आमा गम्भीर बिमारी भइन् । जसका कारण उनकी आमालाई अस्पताल भर्ना गर्नु परेको थियो । आमा गम्भीर भएपछि मर्नुअघि छोरीको बिहे हेर्ने इच्छा जाहेर गरिन् । आमाले आफूलाई रगत दिने व्यक्तिसँग विवाह गर्न छोरीलाई भनेकी थिइन् । हिराले यसलाई स्विकार्दै विवाह गर्न तयार भएको बताइन् ।

बेहुलीको पहिरन नलगाई अस्पतालमा हिराको साधारण विवाह भयो । हिराको बिदाइसमेत रिक्सामा भएको थियो । जीवनको महत्त्वपूर्ण दिन बेहुली बन्दा पनि पहिरन लगाउन नपाउँदा हिरा निराश बनेकी थिइन् ।

हीराका अनुसार उनको विवाहको केही दिनमा नै आमाको मृत्यु भयो । विवाहपछि हिराको ६ सन्तान भए तर दुई सन्तानको मृत्यु भयो । जसका कारण उनी डिप्रेसनमा गइन् । सोही डिप्रेसनबाट बाहिर आउन उनी प्रत्येक शुक्रवार बेहुली बनेर सजिने गरेको बताउँछिन् ।

हीराका पति बेलायतमा बस्छन् । हिरा भने आफ्नो सन्तानका साथमा पाकिस्तानमा बस्दै आएकी छन् । पतिसँगको दुरीको पीडा भुलाउन पनि हिरा हरेक शुक्रवार बेहुली बनेको बताउँछिन् । यसो गर्दा खुसी मिल्ने र एक्लोपन महसुस नहुने उनको दाब‍ा छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ६ : ३१ बजे

लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ

बागमती– प्रतिबन्धित लागूऔषध खैरो हेरोइन खरिद बिक्री गरिरहेको अवस्थामा मकवानपुरको

दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

त्रिशूली– ऐतिहासिक तथा धार्मिक महत्व रहेको यहाँको दुप्चेश्वर महादेव मन्दिरमा

विराटनगरविरुद्ध लुम्बिनीका ओपनर सर्टको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको

प्रधानमन्त्रीको टिप्पणी : अख्तियारले रफ्तार बढायो, ठूला भ्रष्टाचारमा शक्तिशालीहरू समातिन थाले

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने बताएकी छन् ।