‘क्लिन एयर एलायन्स’गठन, आवद्ध हुन संघसंस्था र व्यक्तिलाई आह्वान « Khabarhub

‘क्लिन एयर एलायन्स’गठन, आवद्ध हुन संघसंस्था र व्यक्तिलाई आह्वान


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -वायु प्रदूषण नियन्त्रणसम्बन्धी नीतिनियमलाई प्रभावकारी कार्यान्वयनका लागि पैरवी गर्न ‘क्लिन एयर एलायन्स’गठन भएको छ ।

संविधानमा ‘स्वच्छ वातावरणमा बाच्न पाउने हक’लाई मौलिक हकमा समावेश गरे पनि नेपालमा वायु प्रदूषणसँगै वातावरणीय मुद्दा पेचिलो बन्दै गएका बेला नागरिक समाज, संघसंस्था, विश्वविद्यालय, नेपाल वातारण समाजका प्रतिनिधिको उपस्थितिमा काठमाडौंमा भएको एक भेलाले एलायन्स गठन गरेको हो ।

नेपाल पानी सदूपयोग फाउन्डेसनका डा. चिरन्जीवी भट्टराईको संयोजकमा रहेको एलान्यसमा त्रिभुवन विश्वविद्यालय, वातावरण केन्द्रीय विभागका डा. रमेश सापकोटा, राष्ट्रिय जनवकालत मञ्च, नेपाल (नाफान)का भोला भट्टराई, वातावरणीय सुशासन कार्य समूहका किरण तिमिल्सिना, नेपाल वातावरण समाजका सन्तोष खनाल, इको कनेक्सन नेपालका कामना भट्टराई र दिगो विकास इन्स्टिच्युटका आरति पौडेल सदस्य छन् ।

प्रेस संयोजकमा यम बम चयन भएका छन् भने युथ एलाएन्स फर इन्भायरोमेन्टका अन्जु पोख्रेलसदस्य सचिव बनेकी छन् । प्राम्भिक चरणमै रहेको एलाएन्सको सचिवालय युथ एलायन्स फर इन्भायरोमेन्टले गर्ने छ भने अलाएन्सको कार्यविधि बनाउन प्रतिनिधि चयन गरिएको हो ।

एलायन्सले प्रेस नोट जारी गर्दै ‘क्लिन एयर एलाएन्स’मा आवद्ध हुन संघसंस्था र व्यक्तिलाई आह्वान पनि गरेको छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ९ : ४३ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर