ए डिभिजन लिग : मनाङ र मछिन्द्रको खेल फिफा रेफ्री प्रज्वलले खेलाउने « Khabarhub

ए डिभिजन लिग : मनाङ र मछिन्द्रको खेल फिफा रेफ्री प्रज्वलले खेलाउने


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत  एएफसी छनोटको रुपमा हेरिएको मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीचको ‘महाभिडन्त खेल’ फिफा रेफ्री प्रज्वल क्षेत्रीले खेलाउने भएका हुन् ।

शनिबार तय दोस्रो खेलमा युवा फिफा रेफ्री प्रज्वल क्षेत्री रेफ्रीको भूमिकामा रहँदा सहायक रेफ्रीमा फिफा नानिराम थापा र शुक्र तामाङ रहने छन् । यस्तै फोर्थ रेफ्रीमा कबिन ब्यन्जनकार रहने जनाइएको छ ।

यसअघि रेफ्री बिभागले तुफान कुमार लिम्बुलाई सहायक रेफ्रीको भूमिका दिए पनि उनको नाम काटेर अन्तिममा नानीरामलाई जिम्मेवारी दिइएको हो । धनकुटाका तुफानले पहिलो पटक पोखरामा नेपाल पुलिस र मनाङको खेल खेलाउदै शीर्ष डिभिजनमा डेब्यू गरेका थिए ।

प्रज्वल र कबिन फिफा रेफ्री हुन् भने नानीराम फिफा सहायक रेफ्री हुन् । यता शुक्र भने ए श्रेणीका राष्ट्रिय सहायक रेफ्री हुन् । पछिल्लो समय क्लबहरुले बिना अनुभव रेफ्रीलाई खेल खेलाउन दिँदा खेलनै बिग्रिएको भन्दै गुनासो गरेका थिए । जसमा एन्फा विभाग सतर्क रह्यो ।

यसपटक लिग जारी रहँदा एएफसी क्लब लाइसेन्स हुने टोली सातौं चरणमा शीर्ष स्थानमा रहदा एएफसी प्रतियोगितामा छनोट हुने पक्का छ ।

जारी लिगमा मछिन्द्रलाई २ अंकले पछि पार्दै मनाङ शीर्ष स्थानमा छ ।  साझ हुने पौने ५ बजेको खेलमा भिड्दै छन् मनाङ र मछिन्द्र । दुबै टोलीको लक्ष्य खेल जित्दै तीन अंक जोड्ने हुनेछ ।

आजको जितले मनाङ शीर्षस्थानमा रहँदै एएफसी कपमा छनोट हुनेछ । यदि मछिन्द्रले जिते सातौं चरणको खेलले छनोट पुग्ने टोलीको निर्णय गर्नेछ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १२ : ४० बजे

नेत्रहीन महिला विश्वकप फाइनल : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं – नेत्रहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपालले सुरुमा ब्याटिङ

अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

भोजपुर– उत्पादित अलैँचीले मूल्य पाउन थालेपछि यहाँका किसान उत्साहित भएका

हलेसी तुवाचुङको प्रशासनिक भवन निर्माण

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रशासनिक नयाँ भवन निर्माण सुरु

निःशुल्क आँखा जाँच शिविरबाट २०७ जना लाभान्वित

गण्डकी– हिमालय क्लबको आयोजना एवं दृष्टि आँखा अस्पताल नयाँबजारको प्राविधिक