महिला गेटअपमा ऋषि कपुर पुरुषको बाथरुममा पसेपछि… « Khabarhub

महिला गेटअपमा ऋषि कपुर पुरुषको बाथरुममा पसेपछि…


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडका पर्दामा जति रोचक कथा दर्शकलाई देखाइन्छ, त्यति नै रोचक कथा र किस्सा पर्दा पछाडि बनिरहेका हुन्छन् । फिल्मको सुटिङ गरिरहँदा, गीत रेकर्ड भइरहँदा यस्ता कैयौं किस्सा बन्छन्, जुन सुन्दा अथवा पढ्दा जोकोही रोमाञ्चित हुन्छन् ।

सन् सत्तरीको दशकको लोकप्रिय अभिनेतामा ऋषि कपुरको नाम छुट्दैन थियो । उनी बलिउडमा चकलेटी र रोमान्टिक हिरोको रुपमा चित्रित थिए । उनले आफ्नो जीवनमा प्रेमीदेखि लिएर पितासम्मको कैयौं भूमिका निर्वाह गरे ।

फिल्म ‘रफू चक्कर’को सुटिङमा एउटा यस्तै मजेदार किस्सा भएको थियो । त्यो समयमा ऋषि युवतीको गेटअपमा महिलाको बाथरुममा पसेका थिए ।

सत्तरीको दशकमा पुरुष कलाकारलाई महिलाको गेटअपमा देखाउनु सामान्य कुरा थिएन । तर कलाकार हुनुको नाताले ऋषिले यो सोचाईलाई तोडे र एक चकलेटी ब्वाई र माचो मेनको छविबाट पछाडि हटेर युवतीको भूमिका निर्वाह गरे । जसले यो फिल्म हेरेको छ, उनीहरुले ऋषिको युवतीवाला गेटअपलाई अवश्य सम्झिएका छन् । यो फिल्मको अधिकांश दृश्यमा ऋषिलाई युवतीकै गेटअपमा देख्न पाइन्छ ।

ऋषि कश्मीरमा एक दृश्यको सुटिङका क्रममा उनलाई बाथरुम जानु थियो । उनी सुटिङका लागि पूर्ण गेटअपमा नै थिए । उनले युवतीको कपडा लिएका थिए । पुरुष भएर महिलाको बाथरुममा जान समस्या भएपछि उनले आफूलाई युवतीको गेटअपमा ढालेर पुरुषको बाथरुममा जाने निर्णय लिए ।

जसै ऋषि बाथरुममा पसे, त्यहाँ रहेका दुई विदेशी उनलाई देखेर छक्क परे र लजाउदै त्यहाँबाट बाहिर निस्केर भागे । केही समयपछि ती दुई विदेशीले उक्त महिला अर्थात् ऋषि कपुरलाई निकै खोजे । तर जब उनीहरुले ऋषिलाई सुटिङ गरिरहेको अवस्थामा देखे, त्यतिबेला मात्र उनीहरुले ऋषि भारतको प्रख्यात कलाकार हो भन्ने थाहा पाए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १ : ४९ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा