चितवनमा गुञ्जिँदै दीप श्रेष्ठ « Khabarhub

चितवनमा गुञ्जिँदै दीप श्रेष्ठ


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमण भएयता गायक दीप श्रेष्ठ कुनै पनि सांगीतिक कार्यक्रममा सहभागी भएका छैनन् । यिनै गायक लामो समयपछि सांगीतिक कार्यक्रममा पुनरागमन गर्दैछन् ।

भरतपुर महानगरपालिका ६ देवनगर/चम्पानगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) हवेलीले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गर्ने कार्यक्रममा दीप आफ्नो प्रस्तुति दिँदैछन ।

डिसेम्बर ३१मा हुने ‘दीप श्रेष्ठ म्युजिकल नाइट’मा दीपले आफ्ना लोकप्रिय गीतहरुलाई सुनाउनेछन् । रिसोर्टका सञ्चालक देवेन लोहनीले मृत्युलाई जितेपछि पहिलो पटक गायक श्रेष्ठको सांगीतिक कार्यक्रम हुन लागेको बताए । कार्यक्रमका लागि चितवन, सहित काठमाडौं, धरानलगायतका जिल्लाबाट समेत टिकट बुकिङ भइरहेको उनले बताए ।

आफ्ना नयाँ तथा पुराना गरी करिब डेढ दर्जन गीत प्रस्तुत गर्ने उनले बताए । गायक श्रेष्ठले ‘म त दुरदेखि आए’, ‘हर रात सपनीमा’,‘वितेका कुरा’,‘एउटै बाटो’, ‘उ यात्री’ ‘सपनालाई अंगालेर’ लगायत दर्जनौ गीतहरु गाएका छन् ।

कार्यक्रममा गायक श्रेष्ठसँगै अभिनेत्री गौरी मल्ल, बेलि डान्सर विनु शाक्य, गायिका अन्जना राईलगायतको पनि प्रस्तुती रहनेछ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ४ : १४ बजे

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ