डा. कोइरालालाई २० औँ वरीयतामा राखिएपछि कांग्रेसमा विवाद हुने संकेत « Khabarhub

डा. कोइरालालाई २० औँ वरीयतामा राखिएपछि कांग्रेसमा विवाद हुने संकेत


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसमा १४औँ महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । शनिबार नयाँ पदाधिकारी तथा सदस्यहरुले प्रमाणपत्र बुझेका छन् । शनिबार केन्द्रीय कार्यसमितिको बैठक बसेर विभिन्न ४ वटा निर्णय गरेको छ ।

नयाँ कार्यसमितिको पहिलो बैठक भएकाले शनिबार बैठकमा कुनै विवाद भएन् । राष्ट्रियसभा चुनावका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने, निर्वाचन आयोगमा दल नवीकरण तथा दर्ता गर्ने , महाधिवेशन सम्पन्न गराउन सहयोग गर्नेलाई बधाइ दिने र पार्टीलाई सुदृढीकरण गर्ने संकल्प लिने निर्ण भए।

यी निर्णय हुँदै गर्दा पार्टी सभापतिमा उम्मेदवार बनेर निकटतम प्रतिस्पर्धी बनेपछि स्वतः केन्द्रीय सदस्य भएका डा. शेखर कोइराला बैठकमा सभागी भएनन्। शनिबार केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट नेताहरु नवनिर्वाचित पदाधिकारीसँग सभापति देउवाले छलफल गरेका थिए । सो छलफलमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको वरीयताका विषयमा पनि छलफल भयो ।

१३४ सदस्यीय कार्यसमितिमा देउवा समूहको दुई तिहाई बहुमत छ । अझै सभापतिले ३३ जनाम मनोनित गर्न बाँकी छ ।

सभापति देउवाले आफ्ना प्रतिस्पर्धी डा. शेखर कोइरालालाई वरीयतामा निकै तल राखिने जानकारी गराए । उनको यो प्रस्तावको नवनिर्वाचित उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापाले विरोध जनाए ।

शनिबार पार्टी मुख्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बस्दा गरिएको मान्युटमा डा. कोइरालाको वरीयता २० औँ नम्बरमा राखिएको थियो । यो वरीयताका विषयलाई लिएर डा. कोइराला समूहले कडा विरोध जनाउने तयारी गरेको छ ।

शनिबार बैठकमा सहभागी भएका एक केन्द्रीय सदस्यले खबरहबसँग भने, ‘आज पहिलो बैठक भएकाले कुनै पनि अब्जेक्सन गर्ने कुरा भएन। तर, आगामी बैठकमा यो वरीयता नसच्याए कडा प्रतिवाद गर्छौँ ।’

कांग्रेसमा सभापतिका निकटतम प्रतिद्वन्द्वीलाई माथिल्लो वरीयतामा राख्ने परम्परा छ । १० औँ महाधिवेशनमा सभापतिमा पराजित भएका देउवालाई तत्कालीन सभापति गिरिजा प्रसाद कोइराला, वरिष्ठ नेता कृष्णप्रसाद भट्टराईपछि तेस्रो वरीयतामा राखिएको थियो ।

१२ औँ महाधिवेशनमा सुशील कोइरालासँग पराजित देउवालाई सभापतिपछि दोस्रो वरीयतामा राखिएको थियो । १३ औँ महाधिवेशनमा सभापतिमा पराजित रामचन्द्र पौडेललाई सभापतिपछि दोस्रो वरीयतामा राखिएको थियो ।

तर, अहिले देउवा डा. कोइरालालाई माथिल्लो वरीयतामा राख्न तयार भएका छैनन। देउवाले पदाधिकारी र पूर्वपदाधिकारीपछि केन्द्रीय सदस्यमध्ये सबैभन्दामाथि २० औँ नम्बरमा डा. कोइरालालाई राखेका छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ४ : ५० बजे

अर्थतन्त्रको विकास र रूपान्तरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रको विकास र रूपान्तरणमा

आजदेखि नयाँ प्रशासनिक भवनबाट काठमाडौं वडा नं. ६ को सेवा सुरु

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं. ६ ले आजदेखि नयाँ प्रशासनिक

पोखराका सुकुम्वासी सडकमा, लगाए नारा- डोजर आतंक बन्द गर 

काठमाडौं– काठमाडौंमा सुकुम्वासी बस्तीमाथि धमाधम डोजर चल्न थालेपछि पोखराका सुकुम्वासीहरू

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने

गत वर्षदेखि हराएको फिल्म ‘कुस्ती’ले फेरि तोक्यो रिलिज डेट

काठमाडौं – नायिका मिरुना मगरले साइन गरेको फिल्म छाडेर गरेको