पेन्सनमा बाँचिरहेका ‘महाभारत’का ‘भीम’ | Khabarhub Khabarhub

पेन्सनमा बाँचिरहेका ‘महाभारत’का ‘भीम’


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– तीस वर्ष अघि दुरदर्शनमा प्रसारण भएको धार्मिक टेलिफिल्म ‘महाभारत’ निकै लोकप्रिय बन्यो । ‘महाभारत’ हेर्नकै लागि घर, चौर, गल्लीमा भीड नै लाग्थ्यो । गत वर्षको लकडाउनमा पनि यो शोलाई दर्शकले निकै मनपराए । ‘महाभारत’ लोकप्रिय हुने प्रमुख कारण यसका कलाकार हुन् ।

‘महाभारत’मा नछुट्ने चरित्र हुन्, गदाधारी भीम । यो भूमिका प्रवीणकुमार सोबतीले निभाएका थिए । उनले आफ्नो दमदार भूमिकाले न केवल अभिनयको दुनियाँमा आफूलाई स्थापित गराए, खेलको मैदानमा पनि उत्तिकै सफल भए । अहिले यी अभिनेताको स्वास्थ्य अवस्था ठीक छैन । उनको अहिलेको जीवनसहारा केवल पेन्सन मात्र हो ।

पञ्जाबमा सरकार बनाएका सबै पार्टी प्रति उनको गुनासो छ । जति खेलाडीले एसियन गेम खेल्छन् वा मेडल जित्छन्, उनीहरुलाई पेन्सनको व्यवस्था भए पनि आफूलाई भने त्यो सुविधा नदिइएको उनको गुनासो छ । प्रवीण सबैभन्दा बढी गोल्ड मेडल जित्ने खेलाडीमा पर्छन् । कमनवेल्थमा भारतबाट प्रतिनिधित्व गर्ने उनी एक्ला एथलेट हुन् ।

अमृतसरको सरहली गाउँमा बस्ने प्रवीणकुमारको जन्म सन् १९४६ सेप्टेम्बर ६ मा भएको थियो । बाल्यकालदेखि नै दुध, दही र घरको घ्यू खाएका कारण उनको शरीर दरिलो थियो ।

सन् १९८६ मा बीआर चोपडाले ‘महाभारत’ बनाउन लागेको र उनी आफूसँग भेट्न चाहेको बताए पछि प्रविण उनलाई भेट्न गएका थिए । उनलाई भेट्नासाथ प्रविणले ‘भीम भेटियो’ भनेका थिए । ५० बढी फिल्ममा अभिनय गरिसकेका उनले टेलिभिजन सिरिज ‘चाचा चौधरी’मा साबूको भूमिका निर्वाह गरेका थिए ।

प्रविण ७६ वर्षको उमेरमा जीवनयापन गर्नका लागि पैसाको बचत गरिरहेका छन् । स्पाइनल समस्याले उनले कुनै पनि काम गर्न पाएका छैनन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ५ : ०६ बजे

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने

गिजोलिएको टीआरसी विधेयक : सत्तारुढको हतारो, प्रतिपक्षको मोलतोल 

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे नयाँ बनेको पाँच दलीय गठबन्धन सरकारले

रूसविरुद्ध एफ-१६ लडाकु विमान प्रयोग भए वैध निशाना बनाउने पुटिनको घोषणा

मस्को– युक्रेनलाई दिइएको एफ-१६ लडाकु विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा

गैँडाकोटमा अनलाइनबाट नागरिकता सिफारिस

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई