गण्डकीमा ६५ प्रतिशतले लगाए खोपको पहिलो डोज | Khabarhub Khabarhub

गण्डकीमा ६५ प्रतिशतले लगाए खोपको पहिलो डोज


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका आधा जनसंख्याले कोभिडविरुद्धको पूरा डोज खोप पाएका छन् । २५ लाख जनसंख्या रहेको यहाँ ११ लाख ९३ हजार ६ सय ५८ जनाले पूरा डोज लगाएका छन् भने १५ लाख ८१ हजार नौ सय ४७ जनाले पहिलो डोज पाएका छन् ।

प्रदेशकै दुई जिल्ला मनाङ र मुस्ताङ पूर्ण खोपयुक्त भैसकेका छन् । मनाङमा पहिलो डोज लगाउने पाँच हजार दुई सय ३४ छन् भने चार हजार ६ सय १५ ले पूरा डोज पाएका छन् । मुस्ताङमा १४ हजार एक सय १० जनाले पहिलो खोप लगाएकोमा १३ हजार ६ सय २८ ले दोश्रो डोज पाइसके । अन्य नागरिकले फरक जिल्लामा पुगेर भए पनि खोप लगाइसकेको उल्लेख छ।

गोरखामा एक लाख ५२ हजार एक सय ४४ जनाले पहिलो डोज लगाएकोमा एक लाख ११ हजार सात सय ६५ ले दोश्रो डोज पाइसकेका छन् । म्याग्दीमा ६७ हजार तीन सय ४१ ले पहिलो डोज र ५५ हजार एक सय १० जनाले दोश्रो, कास्कीमा तीन लाख ८४ हजार एक सय ९४ जनाले पहिलो डोज र तीन लाख ९६ हजार आ७ सय ६३ जनाले दोश्रो डोज पाएका छन् । अन्य जिल्लामा पहिलो डोज लगाएर आएकाहरूले पनि कास्कीबाट दोश्रो डोज पाएकोले तथ्यांक तलमाथि परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

लमजुङमा एक लाख २४ हजार नौ सय ३४ ले पहिलो डोज र ८७ हजार आठ सय दुई जनाले दोश्रो डोज पाएका छन् । यस्तै, तनहुँमा दुई लाख तीन हजार चार सय ७४ जनाले पहिलो डोज र एक लाख १२ हजार ६ सय ९५ जनाले दोश्रो डोज, स्याङजाका एक लाख ८० हजार सात सय ८१ ले पहिलो र एक लाख ४८ हजार नौ सय २२ ले पूरा डोज पाएका छन् ।

पर्वतका ८५ हजार तीन सय १५ ले पहिलो डोज र ७४ हजार एक सय १४ ले दोश्रो, बागलुङबाट एक लाख ४७ हजार एक सय ३७ ले पहिलो डोज लगाएकोमा ८५ हजार नौ सय ५४ ले दोश्रो तथा नवलपुरका दुई लाख १७ हजार दुई सय ८३ ले पहिलो डोज र एक लाख दसई हजार एक सय ९० ले पूरा डोज पाएका छन् ।

लक्षित वर्गका लागि खोप पर्याप्त आयात भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले १८ वर्ष उमेरभन्दा माथिकालाई खोप लगाउन सूचना निरन्तर निकाले पनि खोप लगाउन आउनेहरू निकै कम भएको सचिव डा। विनोदविन्दु शर्माले बताए ।

गण्डकीमा पहिलो पटक १५ चैत ०७६ मा बागलुङकी किशोरी अंशु सापकोटालाई कोभिड पुष्टि भएको थियो भने २५ जेठ ०७७ मा स्याङ्जाका ६० वर्षीय एक पुरुषको पहिलो मृत्यु भएको थियो । हालसम्म ८८ हजार संक्रमित भएकोमा एक हजार चार सय २५ को मृत्यु भैसकेको छ । पछिल्ला दिनमा कोभिडबाट हुने मृत्युदर लगभग शून्य प्रायः छ । न्यूजकारखाना

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ६ : ०६ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं