सुनिलको गोल निर्णायक बन्दा मछिन्द्रको एएफसी छनोट बलियो « Khabarhub

सुनिलको गोल निर्णायक बन्दा मछिन्द्रको एएफसी छनोट बलियो


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनिल बलले अन्तिम समयमा गरेको फ्री किक गोलसंगै मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै एएफसी कपमा छनोटको सम्भावना बलियो बनाएको छ ।

शनिबार दशरथ रंगशालामा भएको ए डिभिजन लिगको खेलमा इन्जुरी समयमा सुनिलको निर्णायक गोलसंगै मछिन्द्रले महत्त्वपूर्ण ३ अंक जोडेको हो ।

जितसगै मछिन्द्र ६ खेलबाट १४ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ । यता, पहिलो हार ब्यहोरेको मनाङको समान खेलबाट १३ अंक छ । र दोस्रो स्थानमा छ ।

अब मनाङले सातौं चरणमा ब्रीगेड ब्वाइज क्लब र मछिन्द्रले नेपाल पुलिस क्लबसंग खेल्नेछ ।

सातौ चरणमा शीर्ष स्थानमा रहने टोली एएफसी कपका लागि छनोट हुनेछ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ७ : ०२ बजे

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा