विदेश जाने ९७ प्रतिशत कामदार अदक्ष छन् : श्रममन्त्री श्रेष्ठ (भिडियो) « Khabarhub

विदेश जाने ९७ प्रतिशत कामदार अदक्ष छन् : श्रममन्त्री श्रेष्ठ (भिडियो)


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने बताएका छन्।

न्युज अलाइन्स मिडियाको बार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौँमा अयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले देशको २८ प्रतिशत जीडीपी रेमिट्यान्टबाट चलेको भन्दै बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने बताए।

९७ प्रतिशत बैदेशिक रोजगारमा जानेहरु दक्ष नभएको भन्दै उनले सीप सिकेर मात्र बैदेशिक रोजगार जाने वातावरण सरकारले बताउने उल्लेख गरे । उनले सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले सकेसम्म नेपालमा नै रोजगारीको अवसर सिर्जना गरेर बैदेशिक रोजगारमा जानको संख्या न्युनीकरण गर्नुपर्ने धारणा राखेका छन्।

कार्यक्रममा सञ्चारकर्मी लगाएत बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई मन्त्री श्रेष्ठले सम्मान गरेका थिए।

 

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : ५५ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको