माओवादीले अध्यक्षबाहेकका पदाधिकारी चयन नगर्ने « Khabarhub

माओवादीले अध्यक्षबाहेकका पदाधिकारी चयन नगर्ने


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा माओवादी केन्द्रले अध्यक्ष बाहेकका पदाधिकारी आइतबार काठमाडौँमा सुरु गर्न लागेको राष्ट्रिय महाधिवेशनबाट चयन नगर्ने सम्भावना बढेको छ ।

राष्ट्रिय सम्मेलन आयोजना गर्ने भनेको माओवादी केन्द्रले उद्घाटन हुनुभन्दा केही घण्टामात्र अघि सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

उक्त राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय समितिमात्र चयन गर्ने र अन्य पदाधिकारी पछि चयन गर्ने सम्भावना रहेको माओवादी केन्द्रका एक शीर्ष नेताले न्युज कारखानालाई जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काललाई पदाधिकारीलाई पूर्णता दिन अनिच्छा व्यक्त गरेको स्रोतको दाबी छ ।

महाधिवेशन नेतृत्व चयनभन्दा पनि विचारको बहसमा केन्द्रीत गर्नुपर्ने प्रचण्डको भनाइ छ । उनले महाधिवेशनमा पेश गर्ने प्रस्तावसमेत स्थायी कमिटीमा पेश गरेका थिए र त्यहाँ प्राप्त सुझावका आधारमा त्यसलाई पूर्णता दिएका छन् ।

‘हामी अरु बुर्जुवा पार्टी जस्तो पद र नेतृत्वका लागि भन्दा पनि विचारको बहसमा केन्द्रित हुँदैछौं,’ माओवादी केन्द्रका एक नेताले भने, ‘महाधिवेशनमा हामी समाजवाद यात्रा, विश्वराजनीति, वित्तीय पुँजीवाद, जलवायु परिर्वतन लगायका सवै विषयमा घनिभूत छलफल गर्ने छौं ।’

‘हामी नेतृत्वका लागि कुदाकुद गर्ने र त्यसका लागि गुटबन्दी गर्नेमा छैनौं’, उनले भने ।

बहस र छलफलका लागि विभिन्न २५ वटा समूह बनाइएको माओवादीले जनाएको छ । केहीलाई हलमा र केहीलाई टेन्टमा बहसको व्यवस्था गरिएको छ भने ८–९ वटा छलफल पार्टी कार्यालय पेरिसडाँडामा गर्ने तयारी माओवादी केन्द्रको छ ।

पदका लागि कुदाकुद नहुने सार्वजनिक अभिव्यक्ति दिए पनि पदाधिकारीमा नेताहरु आकांक्षी बढी हुँदा त्यसको व्यवस्थापनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती थपिएको छ । त्यससँगै उनले तत्कालका लागि अध्यक्ष र केन्द्रीय समिति मात्र चयन गर्ने र अन्य पदाधिकारी पछि घोषणा गर्ने तयारी गरेका हुन् ।

यसअघि २०६९ माघमा मकवानपुर जिल्लाको हेटौंडामा आयोजना गरिएको सातौं महाधिवेशनको मोडेलमा नेतृत्व चयन गर्ने तयारी प्रचण्डले गरेका छन् ।

प्रचण्डलाई चुनौती दिने नेतृत्व माओवादीमा तयार नभएकाले उनले चाहे अनुरुप हुनेमा शंका छैन ।

राष्ट्रिय महाधिवेशनमा नियमित प्रक्रियाबाट कूल एक हजार ४८३ जना प्रतिनिधि चयन भएका छन्। त्यसको कूल १० प्रतिशत मनोनयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुनेछन् । यस्तै सल्लाहकारबाट १४९, जेष्ठ कम्युनिस्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ जना राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।

यस्तै प्रदेश–१ बाट ९६, प्रदेश–२ बाट १०६, वाग्मती प्रदेशबाट १२८, गण्डकी प्रदेशबाट ७४, लुम्बिनी प्रदेशबाट १०५, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट ८४, प्रवास प्रदेशबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्मर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ ।

अध्यक्ष प्रचण्डले कूल १४८ प्रतिनिधि मनोनयन गरेपछि कूल प्रतिनिधि संख्या एक हजार ६३१ जना पुग्नेछ । न्यूजकारखाना

 

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ९ : ३५ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका