विश्वभर १० करोडभन्दा बढीमा संक्रमण, ७ करोड २२ लाख निको | Khabarhub Khabarhub

विश्वभर १० करोडभन्दा बढीमा संक्रमण, ७ करोड २२ लाख निको


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड २ लाख ५८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा नौ हजार ४१४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख ४८ हजार ४६७ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ३१ हजार २९७ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजीलमा ६३१ जना, रुसमा ४५६ जना, बेलायतमा ५९२ जना, फ्रान्समा चार सय ४५ जना, इटालीमा ४२० जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ७ करोड २२ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ५ लाख २९ हजार २१० जना निको भएका छन् ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ५८ लाख ४२ हजार २८७ छ । यसमध्ये १ लाख १० हजार ४३८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ६ : ५८ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय