विश्वभर १० करोडभन्दा बढीमा संक्रमण, ७ करोड २२ लाख निको « Khabarhub

विश्वभर १० करोडभन्दा बढीमा संक्रमण, ७ करोड २२ लाख निको


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड २ लाख ५८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा नौ हजार ४१४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख ४८ हजार ४६७ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ३१ हजार २९७ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजीलमा ६३१ जना, रुसमा ४५६ जना, बेलायतमा ५९२ जना, फ्रान्समा चार सय ४५ जना, इटालीमा ४२० जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ७ करोड २२ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ५ लाख २९ हजार २१० जना निको भएका छन् ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ५८ लाख ४२ हजार २८७ छ । यसमध्ये १ लाख १० हजार ४३८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ६ : ५८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने