ला लिगा : गेटाफेविरूद्ध बिल्बाओको फराकिलो जित « Khabarhub

ला लिगा : गेटाफेविरूद्ध बिल्बाओको फराकिलो जित


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले शानदार जित निकालेको छ ।

सोमबार राति भएको खेलमा बिल्बाओले गेटाफेलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलले पछि परे पनि बिल्बाओले उत्कृष्ट पुनरागमन गरेको थियो । खेलको पहिलो मिनेटमै मार्क कुकुरेल्लाले गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए ।

तर, खेलको १२औँ मिनेटमा राहुल गार्सियाले गोल गर्दै बिल्बाओलाई खेलमा फर्काए । ५०औँ मिनेटमा यारे अल्भारेजले गोल गर्दै बिल्बाओलाई २-१ को अग्रता दिलाए ।

गार्सियाले ६१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बिल्बाओ ३-१ ले अघि रह्यो । ७५औँ मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै घरेलु टोलीलाई ४-१ को अग्रता दिलाए ।

८२ औँ मिनेटमा ओस्कर डि मार्कोसले गोल गर्दा बिल्बाओ ५-१ ले विजयी भयो ।

जितसँगै २४ अंकसहित बिल्बाओ लिगको नवौं स्थानमा उक्लिएको छ । गेटाफे २३ अंकसहित १३औँ स्थानमा छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ८ : ०१ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै