दाँतमा पाइरिया हुने कारण र बच्ने उपाय « Khabarhub

दाँतमा पाइरिया हुने कारण र बच्ने उपाय


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको सुन्दरतामा दाँतको भूमिका महत्वपुर्ण हुन्छ । तर गलत खानपानका कारण कतिपय अवस्थामा मानिसले दाँतमा विभिन्न समस्या झेल्नु पर्ने हुन्छ ।

दाँतमा देखिने समस्याहरुमा रगन बग्ने, सास गन्हाउने लगायतका समस्या रहने गरेका छन् । यस्तो हुनुको पछाडी पाइरिया पनि एक कारण रहेको छ । पाइरिया दाँतको उचित रेखदेख नगरेमा हुने सम्भावना रहन्छ । तसर्थ दाँतको राम्ररी सरसफाई तथा हेरचाह गर्न आवश्यक रहन्छ ।

पाइरिया हुनुमा क्याल्सियमको कमी, गिजाको खराबी तथा दाँत तथा मुखको खराबी रहने गरेको छ । पायरिया हुदाँ दाँतलाई सर्पोट गर्ने गिजाको हड्डीमा समस्या उत्पन्न हुन्छ । र बिस्तारै दाँतको गिजा पहेलो तथा खराब हुन थाल्दछ र त्यसबाट रगत आउँछ । त्यसबाहेक, कलेजोको खराबीका कारण पनि रगतमा अम्लियपन बढ्न थाल्छ ।

दुषित रक्त र अम्लियपनाका कारण पनि दाँत पायरियाबाट प्रभावित हुन्छ । यस अलावा पान, सुपारी लगायतका सुर्तीजन्य पदार्थको सेवनका कारण पनि पायरिया हुने गर्दछ ।

लक्षण
– सासबाट दुर्गन्ध आउनु थाल्दछ ।
– गिजा सुन्निन थाल्नु ।
– दात कमजोर भई हल्लिनु ।
– तातो वा चिसो खादाँ दाँत सिरिङ्ग हुनु ।
– छुँदा मात्र पनि गिजा सुन्निनु ।

बच्ने उपाय
पाइरिया वा दाँतको खराबीबाट बच्न खाना खाएपछि दैनिक दुई पटक ब्रस गर्न आवश्यक छ । ब्रस गर्दा दाँतको कुनाकाप्चाको राम्ररी सरसफाई गर्नु पर्दछ । दाँत सफा गर्ने ब्रस नरम हुनु पर्दछ । राती सुत्नु अगावै अनिवार्य दातको राम्ररी सफाई गर्नु पर्दछ । हरेक पटकको खाजा वा खानापछि मुख राम्ररी कुला गर्नु पर्दछ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १० : ३७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको