दाँतमा पाइरिया हुने कारण र बच्ने उपाय « Khabarhub

दाँतमा पाइरिया हुने कारण र बच्ने उपाय


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको सुन्दरतामा दाँतको भूमिका महत्वपुर्ण हुन्छ । तर गलत खानपानका कारण कतिपय अवस्थामा मानिसले दाँतमा विभिन्न समस्या झेल्नु पर्ने हुन्छ ।

दाँतमा देखिने समस्याहरुमा रगन बग्ने, सास गन्हाउने लगायतका समस्या रहने गरेका छन् । यस्तो हुनुको पछाडी पाइरिया पनि एक कारण रहेको छ । पाइरिया दाँतको उचित रेखदेख नगरेमा हुने सम्भावना रहन्छ । तसर्थ दाँतको राम्ररी सरसफाई तथा हेरचाह गर्न आवश्यक रहन्छ ।

पाइरिया हुनुमा क्याल्सियमको कमी, गिजाको खराबी तथा दाँत तथा मुखको खराबी रहने गरेको छ । पायरिया हुदाँ दाँतलाई सर्पोट गर्ने गिजाको हड्डीमा समस्या उत्पन्न हुन्छ । र बिस्तारै दाँतको गिजा पहेलो तथा खराब हुन थाल्दछ र त्यसबाट रगत आउँछ । त्यसबाहेक, कलेजोको खराबीका कारण पनि रगतमा अम्लियपन बढ्न थाल्छ ।

दुषित रक्त र अम्लियपनाका कारण पनि दाँत पायरियाबाट प्रभावित हुन्छ । यस अलावा पान, सुपारी लगायतका सुर्तीजन्य पदार्थको सेवनका कारण पनि पायरिया हुने गर्दछ ।

लक्षण
– सासबाट दुर्गन्ध आउनु थाल्दछ ।
– गिजा सुन्निन थाल्नु ।
– दात कमजोर भई हल्लिनु ।
– तातो वा चिसो खादाँ दाँत सिरिङ्ग हुनु ।
– छुँदा मात्र पनि गिजा सुन्निनु ।

बच्ने उपाय
पाइरिया वा दाँतको खराबीबाट बच्न खाना खाएपछि दैनिक दुई पटक ब्रस गर्न आवश्यक छ । ब्रस गर्दा दाँतको कुनाकाप्चाको राम्ररी सरसफाई गर्नु पर्दछ । दाँत सफा गर्ने ब्रस नरम हुनु पर्दछ । राती सुत्नु अगावै अनिवार्य दातको राम्ररी सफाई गर्नु पर्दछ । हरेक पटकको खाजा वा खानापछि मुख राम्ररी कुला गर्नु पर्दछ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १० : ३७ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६