युवतीलाई आकर्षित बनाउने तरिका यस्तो ! | Khabarhub Khabarhub

युवतीलाई आकर्षित बनाउने तरिका यस्तो !


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेममा आर्कषण महत्वपुर्ण हुन्छ । आफूले मन पराएको मान्छेलाई आफूप्रती आर्कषित गर्ने सबैको चाहना हुन्छ । यस्तोमा मन पराएकि युवतीलाई कसरी आफूप्रती आर्कषित गर्ने धेरै युवामा दोधार रहने गरेको छ । यसकालागि केही टिप्स अपनाउन सकिन्छ । तर कसरी ?

१. कुनै पनि युवतीलाई आफूप्रती आकर्षित गर्ने चाहाना भएमा पहिलो उनी तपाईंकालागी कति विशेष छन् त्यसमा ध्यान दिनुहोस् । सम्बन्ध जोडियो भने भोलीका अप्ठेरो परिस्थितीमा तपाईहरुको सम्बन्ध बिग्रदैन भने मात्र कसैलाई आफ्नो भाव दर्शाउनुहोस् । अन्यथा कसैको भावनामा खेलेर छाड्ने, धोका दिने वा निश्चित स्वार्थ पुरा गर्ने उदेश्य भए यो अवस्थामा तपाई ती युवतीको पछि नलाग्नुहोस् ।

२. यदि तपाईं कुनै पनि युवतीलाई मन पराउनु हुन्छ भने पहिले आफ्नो व्यक्तित्वमा विशेष ख्याल दिनुहोस् । प्रायः युवतीहरु राम्रो व्यक्तित्व भएको पुरुषलाई मन पराउँछन् । तसर्थ तपाईंले आफ्नो पहिरन, बोली तथा व्यक्तित्वमा ध्यान दिनु पर्ने हुन्छ ।

३. कसैलाई आफूप्रती आर्कषित गर्ने अर्को महत्वपुर्ण कुरा हो स्मार्टनेस । कुनै पनि युवती केवल स्मार्ट युवकप्रती मात्र आर्कषित हुन्छन् । यसकालागी बौद्धिकता, व्यवहार र प्रस्तुती राम्रो बनाउन आवश्यक हुन्छ । स्मार्ट मानिसले जो कोहिलाई प्रभावित पार्न सक्छन् ।

४. तपाईं कुनै युवतीलाई मन पराउनु हुन्छ भने लगातार उसको पछाडीमात्र नलाग्नुहोस् । उसलाई आफ्नो प्रेम दर्शाउन मायालाग्दो देखिने वा दुखी बन्ने काम भुलेर पनि नगर्नुहोस् । यसको सट्टा तपाईं आफ्नो जीवनशैली यति आर्कषित र लोभलाग्दो बनाउनुहोस् कि युवती स्वत: तपाईप्रति आकर्षित हुन सकुन् ।

५. तपाईं आफ्नो इच्छा वा शौखलाई उसंग मिलाउनु खोज्नुहोस् । उसको चाहाना के छ वा उसलाई के मनपर्छ त्यसमा विशेष ध्यान दिनुहोस् । उसको मनपर्ने रंग, खाना, वस्तु लगायतका बिषयमा जानकारी राख्नुहोस् र उसलाई आफ्नो शौखको बारेमा पनि बताउनुहोस् । यसले तपाईहरुलाई जोड्ने काम गर्छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १२ : ५२ बजे

‘समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक छ’

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समृद्ध तनहुँ

मधेश सङ्‍कट बारे गृहमन्त्री : वैकल्पिक स्रोतहरुको पहिचान गरी वैज्ञानिक वितरणको व्यवस्था मिलाइने

काठमाडौं – गृहमन्त्री रमेश लेखकले मधेशका प्रमुख जिल्ला अधिकारीहरुलाई पानीको

प्रेमी पर्खेको ‘रानीसैन’

धनगढी- प्रकृति पनि रानी जस्तै हुन्छ त ? अनि रानी

पारावत महाविहार संरक्षण समाजलाई प्राचीन सम्पदा हस्तान्तरण

काठमाडौं– राष्ट्रिय सङ्ग्रहालयले अमेरिकाबाट फिर्ता ल्याइएका तीन वटा प्राचीन सम्पदा (कलाकृति)

सिरहामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

सिरहा– जिल्लाको नवराजपुर गाउँपालिका-४ कुसण्डीबाट एक भारतीय नागरिकलाई गोली प्रहार