संसद् विघटनको सरकारी कदमविरूद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने द्विविधामा कांग्रेस « Khabarhub

संसद् विघटनको सरकारी कदमविरूद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने द्विविधामा कांग्रेस

आज कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा वर्तमान राजनीतिक विषयमा छलफल हुनेछ। आजको बैठकले संसद् विघटनको सरकारी कदमकाविरूद्ध कांग्रेसले चाल्ने कदमका विषयमा निर्णय लिने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।

साथै बैठकमा प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ताव, पार्टीको संगठन समायोजन र १४औं महाधिवेशनबारे छलफल हुने कांग्रेस नेताहरूले बताएका छन्।

गत पुस ७ गते सुरु कांग्रेसको केन्द्रीय समिति बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गरिसकेको छ। तर पनि कांग्रेसले संसद् पुर्स्थापनाबारे बोलेको छैन। साथै संसद् विघटनविरुद्ध आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खिने भन्नेमा पनि कांग्रेस द्विविधामा छ।

सभापति शेरबहादुर देउवा संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अहिल्यै आन्दोलनमा जान उपयुक्त नहुने बताइरहेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता भने आन्दोलनमा जानुपर्ने पक्षमा छन्।

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहँदा कांग्रेस केन्द्रीय समिति बैठक पुस १९ गतेपछि पटकपटक स्थगित हुँदै आएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : ०५ बजे

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौं– नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर

रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा