घाँसदाउरा गर्नेलाई वन संरक्षणको पाठशाला | Khabarhub Khabarhub

घाँसदाउरा गर्नेलाई वन संरक्षणको पाठशाला


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरुलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन पाठशाला अभियान शुरु गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानले अभियान सञ्चालन गरेको हो ।

अभियानका संयोजक अपिल घिमिरेका अनुसार चितवन जिल्लाभित्र पर्ने मध्यवर्तीका क्षेत्रमा संरक्षण पाठशाला सञ्चालन थालिएको छ । विभिन्न ठाउँमा गरेर ३२ कक्षा सञ्चालन गरिने उनले जानकारी दिए । शुक्रबारदेखि पाठशाला शुरु गरिएको हो । पुसको अन्तिम साता पाठशाला अभियानको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले शुभारम्भ गरेका थिए ।

घिमिरेका अनुसार विषय विज्ञहरुले पाठशालामा सहजीकरण गर्नेछन् । उनले भने, “वन्यजन्तुको आक्रमणबाट मध्यवर्तीका बासिन्दालाई जोगाउनु पाठशालाको मुख्य उद्देश्य हो ।” वनमा घाँस दाउरा गर्न जाँदा वन्यजन्तुसँग कसरी जोगिने भन्नेबारेमा पाठशालामा सिकाइने छ । कुन वन्यजन्तुले कस्तो अवस्थामा कसरी आक्रमण गर्छ भन्नेबारे सिकाइएको छ ।

दुर्लभ र हिंस्रक वन्यजन्तु बाघ, गैँडाजस्ता जनावरबाट जोगिनका लागि ती जनावरसम्बन्धी अध्ययन गरेका विज्ञहरुले बच्ने उपायका बारेमा सिकाइरहेका छन् ।
पाठशालामा वन्यजन्तुको आनीबानी, बासस्थान, हिँडडुल, बाटोलगायतका बारेमा जानकारी दिइन्छ । एउटा कक्षमा ४० जना हाराहारी रहने अपेक्षा गरिएको छ । स्थानीय र विषयविज्ञको समय अनुकूल बनाएर कक्षा सञ्चालन गर्दै आइएको छ । नदी र जङ्गलमा आश्रित समुदायमा बढी मानवीय क्षति भएकाले यसको न्यूनीकरण गर्न पाठशाला शुरु गरिएको घिमिरेको भनाइ छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्दै मानवीय क्षति कम गर्न अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले समुदायस्तरमा गरिने यस्ता कार्यक्रमले संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । अभियानले स्थानीय बासिन्दालाई वन्यजन्तुबाट जोगाउनुका साथै वन र वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ । बरालले पछिल्लो समय दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको चोरी शिकारी बढेसँगै निकुञ्ज प्रशासनले मध्यवर्तीका बासिन्दासँग नियमित छलफलसँगै संरक्षण शिक्षाका कार्यक्रम अरु बढाएको बताए ।

निकुञ्जमा घाँस दाउरा गर्न जाँदा बर्सेनि धेरै सङ्ख्यामा सर्वसाधारणको ज्यान जानुका साथै घाइते हुने गरेका छन् । मध्यवर्ती क्षेत्र र स्थानीयवासीको खेतबारीमा पनि वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु हुने गरेको छ । वन्यजन्तुको आक्रमण भएसँगै स्थानीय आक्रोशित हुने र संरक्षणमा बाधा पुग्ने भएकाले पाठशाला सञ्चालन गरिएको संयोजक घिमिरेले बताए ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : ५६ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ