विप्लव समूहका विद्यार्थी नेता श्रेष्ठ पक्राउ « Khabarhub

विप्लव समूहका विद्यार्थी नेता श्रेष्ठ पक्राउ


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रहरी कार्यालय चितवनले नेत्रविक्रम चन्द समूहका विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–११ बस्ने २४ वर्षीय सुमन श्रेष्ठ रहेका छन् ।

अखिल (क्रान्तिकारी) चितवनका सचिवालय सदस्य तथा भरतपुर महानगर संयोजक उनलाई प्रहरीले शुक्रबार भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकबाट पक्राउ गरेको हो ।

चन्द समूहले आयोजना गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा समाजमा भय एवं त्रास उत्पन्न गराउने अभिप्रायले उच्छृङ्खल गतिविधि गर्ने योजना बनाइरहेको समयमा श्रेष्ठलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए ।

पक्राउ परेका उनलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १० : ४५ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था