झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान « Khabarhub

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि सरकारले झापा र कैलालीमा जेईविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार कैलालीमा असोज १ गतेदेखि र झापामा असोज ५ गतेदेखि खोप अभियान सञ्चालन गरिनेछ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौका सबै स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ। 

कैलालीमा भने धनगढी उपमहानगरपालिका, लम्किचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामाका लागि आवश्यक जेई खोप काठमाडौंस्थित केन्द्रीय खोप भण्डारण केन्द्रबाट सम्बन्धित जिल्लामा पठाउने तयारी भइरहेको छ। खोप उपलब्ध भएपछि स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लक्षतमका अनुसार जेई संक्रमणको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा उच्च जोखिम भएका क्षेत्रमा अभियान सञ्चालन गर्न लागिएको हो।

पहिलो चरणमा झापाका सबै स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ। कैलालीमा भने धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा अभियान सञ्चालन गरिनेछ।

अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई जेईविरुद्धको खोप दिइनेछ।

खोप अभियानका लागि आवश्यक जेई खोप काठमाडौंस्थित केन्द्रीय खोप भण्डारण केन्द्रबाट सम्बन्धित जिल्लामा पठाउने तयारी भइरहेको छ। खोप उपलब्ध भएपछि स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लक्षित समूहलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल संक्रमण हो। संक्रमण गम्भीर अवस्थामा पुगेमा मस्तिष्कमा असर पार्नुका साथै मृत्यु समेत हुन सक्ने भएकाले जोखिम क्षेत्रमा खोप अभियानलाई प्रभावकारी बनाउने तयारी गरिएको हो।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  १२ : ५३ बजे

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

खोटाङ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन

प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द

लन्डन- बेलायतको हवाई यातायात व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान