बामपन्थी नेता कुँवरलाई प्रचण्डले दिए श्रद्धाञ्जलि « Khabarhub

बामपन्थी नेता कुँवरलाई प्रचण्डले दिए श्रद्धाञ्जलि


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- ९४ वर्षको उमेरमा निधन भएका पुराना वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजीबा’ लाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

चितवन पुगेर काजीबालाई प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिएका हुन् । मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या बेहोरिरहेका काजीबाको भरतपुर अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो ।

उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सल्लाहकार थिए । कुँवर वि.सं. १९८४ बैशाख १० गते लमजुङ जिल्ला बाङ्ग्रे–७ मा जन्मिएर चितवन गीतानगर, केशरवागमा बसोबास गर्दै आएका थिए ।

उनको जन्म बुबा ललितजंङग कुँवर र आमा पुतली कुँवरका कान्छा छोराको रुपमा भएको थियो । उनका २ छोरा र ४ छोरी छन् ।

भारतीय सेनाको सेवा सुविधालाई छोडेर देश र जनताका निम्ति क्रान्तिमा होमिएका कुँवरले कम्युनिष्ट पार्टीको सदस्यता २०११ सालमा लिएका थिए ।

२०३१ सालमा सम्पन्न चौथो महाधिवेशनबाट वैकल्पिक पोलिट्व्यूरो सदस्यमा निर्वाचित भएका उनी ०४३ सालको अन्त्य तिर गण्डक ब्यूरोबाट सरुवा भई नारायणी ब्यूरोमा आएका थिए ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १ : ४० बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग