‘काजीबा’ कम्युनिष्ट आन्दोलन र मेरो आफ्नै अभिभावक हुनुहुन्थ्यो– प्रचण्ड (भिडियोसहित) « Khabarhub

‘काजीबा’ कम्युनिष्ट आन्दोलन र मेरो आफ्नै अभिभावक हुनुहुन्थ्यो– प्रचण्ड (भिडियोसहित)


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– वामपन्थी नेता खम्बसिंह कुँवर ‘काजीबा’लाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम श्रद्धाञ्जलि दिएका छन्।

श्रद्धाञ्जलिका लागि मंगलबार चितवन आएका प्रचण्डले काजीबाको शवमा फूलमाला र पार्टीको झण्डा ओढाए। शोक सन्तप्त परिवारजनमा उनले समवेदना दिए।

कुँवरको शव श्रद्धाञ्जलिका लागि नेकपा भरतपुर महानगर कमिटी कार्यालय कृष्णपुरमा राखिएको थियो। शवलाई अन्तिम संस्कारका लागि देवघाट लगिएको र त्यसमा सहभागी हुन प्रचण्ड पनि देवघाट पुगेका हुन्।

श्रद्धाञ्जलि दिएपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन काजीबाको ठूलो योगदान रहेको बताए।

हेरौँ भिडियो

आफूले कुँवरबाटै पार्टी सदस्य लिएको खुलाउँदै आफूलाई बढाउन उनले धेरै ठूलो योगदान दिएका पनि बताए। ‘कम्युनिष्ट आन्दोलन र मेरो आफ्नै अभिभावकको रुपमा पनि लिएको छु’, उनले भने। कुँवरबाट २०३३ सालमा पार्टीको सदस्यता लिएको उनले बताए।

कम्युनिष्ट आन्दोलन र राजनीतिमा गम्भीर मोड र धक्का लागेको अवस्थामा काजीबाको निधन पीडादायी रहेको उनले बताए। काजीबाको अवसानले प्रतिगमन र प्रतिगामीविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा दिने उनले बताए।

श्रद्धाञ्जलि कार्यक्रममा नेकपाले जारी गरेको शोक वक्तव्य पढेर सुनाइएको थियो।

लामो समयदेखि मधुमेह, रक्तचाप, प्रोस्टेटलगायत स्वास्थ्य समस्याबाट ग्रसित कुँवरको मंगलबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो। भरतपुर अस्पतालमा उपचाररत अवस्थामा उनको निधन भएको हो। कुँवरको निधनमा नेकपा अध्यक्ष प्रचण्ड र प्रचण्ड–माधव समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले संयुक्त श्रद्धाञ्जलि वक्तव्य निकालेका छन्।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  २ : २५ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

चिकित्सक संघको निर्वाचन सुरु, तीन प्यानलबीच कडा प्रतिस्पर्धा

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि आजदेखि

खण्डहर कारखाना ब्युँझाएर स्वाधीन अर्थतन्त्र थालौँ

कुनै समय थियो– जब काठमाडौँको बालाजु यन्त्रशालाले निर्माण गरेका जलविद्युत्

एउटै स्टारलाई दर्शकले कति हेर्लान् ?

काठमाडौं –  मुख्यतः नेपालमा तीन प्रकारका फिल्मले ओपनिङ राम्रो गरेको

सिरहामा सार्वजनिक सवारीसाधनमा सीसीटिभी अनिवार्य 

सिरहा– जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै