ईदमा सलमान र जोनको भिडन्त | Khabarhub Khabarhub

ईदमा सलमान र जोनको भिडन्त


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउडका ‘हल्क’ अर्थात् अभिनेता जोन अब्राहमले सामाजिक सञ्जालमार्फत आफ्नो फिल्म ‘सत्यमेव जयते २’ लाई ईद २०२१ मा रिलिज गर्ने घोषणा गरेका छन् ।

उनले यो दिन फिल्म रिलिज गर्नका लागि निर्माण पक्ष उत्साहित भएको उल्लेख गरेका छन् । जोनको यो घोषणासँगै २०२१ को ईदमा सलमान खानको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाई’ र जोनको ‘सत्यमेव जयते २’बीच तिब्र प्रतिष्पर्धा हुने पक्कापक्की भएको छ ।

अभिनेता सलमानले केही दिन अघि मात्र आफ्नो फिल्म ईदमै रिलिज हुने घोषणा गरेका थिए । सलमानसँग फिल्म वितरक र प्रदर्शकले उनको फिल्मलाई थिएटरमै रिलिज गर्न आग्रह गरेका थिए । कोरोनाका कारण बिग्रिएको आफूहरुको आर्थिक अवस्थालाई सुधार्न सलमानको फिल्मले मौका दिने उनीहरुको बुझाई थियो ।

सलमानले उनीहरुको कुरा सुनेपछि फिल्मलाई थिएटरमै रिलिज गर्ने घोषणा गरेका थिए । तर उनले फिल्म रिलिजमा थिएटर सञ्चालकले स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्ने शर्त राखेका थिए ।

एकैदिन सलमान र जोनको फिल्म रिलिज हुनेभएपछि थिएटर सञ्चालकहरु खुशी छन् । दुवै फिल्म आम दर्शकका लागि भनेर बनाइएकाले फिल्मले बम्पर ओपनिङ गर्नेमा थिएटर सञ्चालक ढुक्क छन् ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ३ : ५० बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार