ईदमा सलमान र जोनको भिडन्त « Khabarhub

ईदमा सलमान र जोनको भिडन्त


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउडका ‘हल्क’ अर्थात् अभिनेता जोन अब्राहमले सामाजिक सञ्जालमार्फत आफ्नो फिल्म ‘सत्यमेव जयते २’ लाई ईद २०२१ मा रिलिज गर्ने घोषणा गरेका छन् ।

उनले यो दिन फिल्म रिलिज गर्नका लागि निर्माण पक्ष उत्साहित भएको उल्लेख गरेका छन् । जोनको यो घोषणासँगै २०२१ को ईदमा सलमान खानको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाई’ र जोनको ‘सत्यमेव जयते २’बीच तिब्र प्रतिष्पर्धा हुने पक्कापक्की भएको छ ।

अभिनेता सलमानले केही दिन अघि मात्र आफ्नो फिल्म ईदमै रिलिज हुने घोषणा गरेका थिए । सलमानसँग फिल्म वितरक र प्रदर्शकले उनको फिल्मलाई थिएटरमै रिलिज गर्न आग्रह गरेका थिए । कोरोनाका कारण बिग्रिएको आफूहरुको आर्थिक अवस्थालाई सुधार्न सलमानको फिल्मले मौका दिने उनीहरुको बुझाई थियो ।

सलमानले उनीहरुको कुरा सुनेपछि फिल्मलाई थिएटरमै रिलिज गर्ने घोषणा गरेका थिए । तर उनले फिल्म रिलिजमा थिएटर सञ्चालकले स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्ने शर्त राखेका थिए ।

एकैदिन सलमान र जोनको फिल्म रिलिज हुनेभएपछि थिएटर सञ्चालकहरु खुशी छन् । दुवै फिल्म आम दर्शकका लागि भनेर बनाइएकाले फिल्मले बम्पर ओपनिङ गर्नेमा थिएटर सञ्चालक ढुक्क छन् ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ३ : ५० बजे

‘कांग्रेस नेताले लालपुर्जा दिन्छौँ भने, सरकारले डोजर चलायो’

काठमाडौं- ५१ वर्षीय आइतबहादुर तामाङ काठमाडौंको शंखमूलमा रहेको सुकुम्वासी बस्तीमा

अर्थसंक्षेप : नेता छान्दै निजी क्षेत्र, समस्याग्रस्त सहकारीको बचत जेठदेखि फिर्ता गरिने र नेप्सेमा सामान्य अङ्कको सुधार

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने सरकारले

कांग्रेसले भन्यो- संवैधानिक आयोग नियन्त्रणमा राख्न सरकारले अध्यादेशको सहारा लियो

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा

रक्षा र गृह आफैँले राखेका बालेनले सुधनबारे किन बनाएनन् छानबिन समिति ?

काठमाडौं- गत चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाहसँगै गृहमन्त्रीको शपथ

जेठ १० देखि डोल्पाका पाटनमा यार्सागुम्बा संकलन खुला

काँक्रेविहार – आगामी जेठ १० गते डोल्पाका विभिन्न पाटन यार्सागुम्बा