ओरियन्सको कारोवारमा धक्का, ३ करोडको समान बरामद « Khabarhub

ओरियन्सको कारोवारमा धक्का, ३ करोडको समान बरामद



झापा– नेटवर्किङ् व्यापारको रुपमा कारोवार गर्दै आएको ओरियन्स कम्पनीका विभिन्न उत्पादन झापा प्रहरीले बरामद गरेको छ । बरामद समान ३ करोड रुपैयाँ बराबरका रहेका छन् ।

सो मध्ये ८७ लाख २६ हजार ५ सय २० रुपैयाँको मात्र बिल पाईएकाले राजश्व छलीको आशंकामा प्रहरीले बरामद गरेको जनाएको छ ।

झापाको दमक– ६ मा रहेको कम्पनीको गोदामनै प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौको बालाजुमा दर्ता रहेको ग्लोवल ओरियन्स प्रालिबाट केही परिमाणका वस्तु खरिद गरेको र अन्य बस्तु भन्सार तथा राजश्व छली गरी ल्याईएको आशंकामा प्रहरीले ती समान बरामद गरेको हो ।

दमक ६ का जितेन्द्र शाहले ती समान गोदाम गरी राखिएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

पक्राउ परेको व्यक्तिसहित समान थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइने प्रहरीले जनाएको छ ।

३४ प्रकारका समान
प्रहरीले नियन्त्रणमा लिएका समान ३४ प्रकारका छन् । ती मध्ये २२ प्रकारका समानमा राजश्व छली भएको पाइएको प्रहरीले जनाएको छ । १२ प्रकारका समानको भने बिल पाइएको छ ।

प्राप्त बिलसमेत कानून सम्मत् भए नभएको यकिन नभएकाले थप अनुसन्धान आवश्यक रहेको उपरीक्षक भट्टराईको भनाइ छ ।

डिटक्सी वान, अर्थोवेष्ट, ओ मोरिङ्गा, टोटल एन्टीअक्सिडेन्ट, फ्रुट फाईबर, डाईकेयर, डी लिपो, तुल्सी ड्रप जस्ता नाम गरेका २२ प्रकारका समानमा राजश्व छलीको आशंका गरिएको हो ।

खाद्य परिपुरक भनिएका ती समानको औषधीय गुण तथा कानूनी व्यवस्थाका बारेमा भने औषधी व्यवस्था विभागमार्फत छानविन र अध्ययन हुने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ४ : ०८ बजे

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ