राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप « Khabarhub

राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– ईजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जना शाक्यले कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएकी छन् ।

खोप लगाउदै राजदूत शाक्यले हालसम्म ४० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरुलाई खोप दिइरहेको भएपनि छिट्टै सबैलाई खोप दिने ईजरायल सरकारले निर्णय गर्न लागेको बताईन् ।

खोपका लागि स्वास्थ्य विमा अनिवार्य गरिएको सन्दर्भमा बीमा नगरेका सबै ईजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई बीमा गर्न उनले अनुरोध गरेकी छिन् । यस अवसरका लागि सम्पूर्ण नेपालीहरुको तर्फबाट ईजरायल सरकारलाई उनले धन्यवाद समेत दिएकी छिन् ।

फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोप अहिलेसम्म ईजरायलमा २५ लाख भन्दा बढीले लगाईसकेका छन्। पहिलो चरणमा बढी उमेरका तथा कोभिडविरुद्धको लडाइँमा फ्रन्ट लाइनमा काम गर्नेहरुलाई प्राथमिकताको सूचीमा राखिएको छ।

ईजरायलमा यो खोप नि:शुल्क लिनका लागि स्वास्थ्य विमा संस्थान) मा दर्ता हुनुपर्ने व्यवस्था रहेको छ । यसमा दर्ता भएकाहरुलाई उमेर हेरी स्वास्थ्य बीमा कम्पनीहरुले खोपका लागि सम्पर्क गर्ने गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ४ : १४ बजे

लमजुङमा विश्वप्रकाश शर्माले भने, ‘आसन, भाषण र शासनमा सुधार गर्छौं’

लमजुङ- निर्वाचन प्रचार अभियानको पहिलो दिन नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश

नख्खु जेलबाट फरार जबरजस्ती करणीका दोषी पक्राउ, पाएका थिए १२ वर्षको सजाय

ललितपुर- जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका एक कैदी नख्खु कारागारबाट

सडकमा खटिन थाले निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

टुँडिखेलमा अमेरिकी सेनाको परेडप्रति नेकपा संयुक्तको गम्भीर आपत्ति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले नेपाली सेना दिवस तथा