सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट « Khabarhub

सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोर अंकको गिरावट आएको छ ।

सोमबार १६ अंकले बढेको नेप्से साताको तेस्रो कारोवार दिन भने १७ दसमलव ७९ अंकले घटेको हो ।

आज २४ सय २३ दसमलव नौ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ५८ अंकले घटेर चार सय ४७ दसमलव २४ अंकमा पुगेको छ ।

नेप्सेमा दुुई सय सात वटा कम्पनीहरुको ६३ हजार आठ सय १८ पटकको कारोबारमा एक करोड ९६ लाख छ हजार पाँच सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम आठ अर्ब २७ करोड ९७ लाख एक हजार ७७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा होटल र फाईनान्स समुहको सुचक क्रमश ५४ दसमलव पाँच र १३ दसमलव सात अंकले बढेकाछन भने बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन ।

ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ८१ अंकले घटेर १७ सय ६२ दसमलव ८३ अंकमा पुगेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ९८ दसमलव ५७ अंकले घटेर ११ हजार छ सय ८७ दसमलव नौ अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ४१ दसमलव नौ अंकले घटेर १६ हजार आठ सय १८ दसमलव ९८ अंकमा पुगेको छ । यी बाहेक बिकास बैंक, जलबिद्युुत, ट्रेडिङ, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समूहहरुको सूचक पनि घटेका छन ।

आज गुराँस लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९७ प्रतिशतले बढेर १५ सय ४४ रुपैयाँमा कारोवार भएको हुंदा शिव श्री हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने चार दसमलव ९५ प्रतिशतले घटेर एक सय ७३ रुपैयाँमा कारोवार भएको छ । आज एकै दिन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २८ सय ७२ रुपैयाँ अन्तिम मुल्यमा एक अर्ब ४५ करोड सात लाख ५३ हजार सात सय २५ रुपैयाँको कारोवार भएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ४ : १६ बजे

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका