उपाध्यक्ष गौतमले बुधबार ‘नेकपा एकता अभियान’ घोषणा गर्दै « Khabarhub

उपाध्यक्ष गौतमले बुधबार ‘नेकपा एकता अभियान’ घोषणा गर्दै


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले ‘नेकपा एकता अभियान’ घोषणा गर्ने भएका छन् ।

गौतमले बुधबार पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्न लागेको उनको सचिवालयले जनाएको छ।

‘पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा छ । त्यही माग र चाहनालाई सम्बोधन गर्न हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छौं’, गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत् एकतावद्ध गर्ने उद्देश्य राखिएको छ।’

यसैबीच बामदेव ‘अध्यक्ष पद दिने समूहमा जाने’ भनी आएका समाचारप्रति ध्यानाकर्षण भएको सचिवालयले जनाएको छ ।

राष्ट्रिय समाचार समितिको माघ १२ गते प्रकाशित बुलेटिनबाट साभार गरेर विभिन्न अनलाइन न्युज पोर्टलमा प्रकाशित ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने शीर्षकमा पार्टी एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका गौतमको ध्यानाकर्षण भएको उनको सचिवालयले जनाएको हो।

सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले उक्त आसयमा कुनै पनि कुरा व्यक्त नगरेको प्रष्टीकरण दिएको छ।

‘विगत केही समयदेखि क. वामदेव गौतमलाई विभिन्न किसिमले अपमान गर्ने, उहाँका विचार, अभियान र विधि पक्षधर कार्यशैलीमाथि भ्रम सिर्जना गराउने कामहरु योजनावद्ध रुपमा हुँदै आएका छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘राससमा प्रकाशित उक्त समाचार त्यही क्रमको निरन्तरता हो।’

विज्ञप्तिमा राष्ट्रिय समाचार समितिले गलत समाचार लेखेर विभिन्न सन्चार माध्यमलाई उपलब्ध गराएको उल्लेख छ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि सत्तारुढ नेकपा विभाजित भएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’- माधव नेपाल समूहले एकले अर्कालाई आरोप प्रत्यारोप लगाउँदै आ-आफ्ना गतिविधिलाई तीव्रता दिँदै आएका छन् ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ५ : ०८ बजे

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न एक हजार छ सय टावर निर्माण गरिने

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको

सबैको नजर रोनाल्डोमाथि, सरप्राइज दिने दाउमा डीआर कंगो

काठमाडौं – क्रिस्टियानो रोनाल्डो एक विश्वकप जितेर आफ्नो फुटबल करिअरलाई

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि