नेपालले कतारमा ‘टी-२० आई’ प्रतियोगिता खेल्ने « Khabarhub

नेपालले कतारमा ‘टी-२० आई’ प्रतियोगिता खेल्ने


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले कतारमा टी-२० आई प्रतियोगिता खेल्ने भएको छ।

मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले कतारमा हुने वाइल्याट्रल टी-२० खेल्ने निर्णय गरेको हो।

कतार एसोसियसनले कतार स्पोर्ट्स डे को अवसरमा गर्न लागेको बाइल्याट्रल टी–२० मा नेपाल सहभागी हुने भएको छ।

प्रतियोगिता फेब्रुअरी ९ देखि १२ सम्म हुनेछ ।

यसैगरी क्यान बोर्ड बैठकले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण फेब्रुअरी १ देखि सुरु गर्ने निर्णय गरेको छ। राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा डेभ वाटमोर आएपछि यो पहिलो क्याम्प हो।

क्यानले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष प्रतियोगिताको विजेताले १० लाख नगद र उपविजेता टोलीले ५ लाख दिने निर्णय समेत गरेको छ।

माघ ७ देखि सुरु भएको प्रतियोगिता १७ गते सकिँदैछ। तर, पुरस्कार भने आज बल्ल टुङ्गो लागेको हो। यस्तै प्रधानमन्त्री कपको सेमिफाइनल पुग्ने टोली, प्लेयर अफ दि सिरिजले समान ५०/५० हजार पाउने छन्।

प्रतियोगिताको उत्कृष्ट बलर र ब्याट्सम्यानले २५ हजार पाउनेछन्। यस्तै सेमिफाइनल भन्दा अगाडिका खेलमा प्लेयर अफ दि म्याच हुने खेलाडीले ५ हजार पाउनेछन्। यसअघि म्यान अफ दि म्याचले २५ सय पाउँदै आएका छन्।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ६ : २८ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ