महेश आचार्यले दिए केन्द्रीय समायोजन समितिबाट राजीनामा « Khabarhub

महेश आचार्यले दिए केन्द्रीय समायोजन समितिबाट राजीनामा


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समायोजन समिति सदस्यबाट केन्द्रीय सदस्य महेश आचार्यले राजीनामा दिएका छन् । आचार्यले मंगलबार सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आचार्यले मंगलबार सभापति शेरबहादुर देउवालाई राजिनामा दिएको तर सो बारे कुनै निणर्य भने नभएको बताए ।

कांग्रेसले ७७ जिल्लामध्ये हालसम्म ७४ जिल्लामा समायोजनका काम सकेको बताउँदै आइरहेको छ । सिन्धुपाल्चोक, बारा र सप्तरीमा भने समायोजनमा समस्या देखिदैं आएको छ ।

केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफूलाई समायोजन समितिमा राखेको र करिब–करिब तोकिएका काम पूरा भएको जानकारी गराएका थिए ।

कांग्रेसले विजयकुमार गच्छदारलगायत अन्य पार्टीबाट आएकाहरूलाई पार्टीमा समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाएको थियो।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ७ : २१ बजे

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने