महेश आचार्यले दिए केन्द्रीय समायोजन समितिबाट राजीनामा « Khabarhub

महेश आचार्यले दिए केन्द्रीय समायोजन समितिबाट राजीनामा


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समायोजन समिति सदस्यबाट केन्द्रीय सदस्य महेश आचार्यले राजीनामा दिएका छन् । आचार्यले मंगलबार सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आचार्यले मंगलबार सभापति शेरबहादुर देउवालाई राजिनामा दिएको तर सो बारे कुनै निणर्य भने नभएको बताए ।

कांग्रेसले ७७ जिल्लामध्ये हालसम्म ७४ जिल्लामा समायोजनका काम सकेको बताउँदै आइरहेको छ । सिन्धुपाल्चोक, बारा र सप्तरीमा भने समायोजनमा समस्या देखिदैं आएको छ ।

केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफूलाई समायोजन समितिमा राखेको र करिब–करिब तोकिएका काम पूरा भएको जानकारी गराएका थिए ।

कांग्रेसले विजयकुमार गच्छदारलगायत अन्य पार्टीबाट आएकाहरूलाई पार्टीमा समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाएको थियो।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ७ : २१ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको