भारतीय दूतावासले यसरी मनायो ७२ औँ गणतन्त्र दिवस (फोटोफिचर) « Khabarhub

भारतीय दूतावासले यसरी मनायो ७२ औँ गणतन्त्र दिवस (फोटोफिचर)


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७२ औं गणतन्त्र दिवस विवध कार्यक्रमको आयोजना गरी मनाएको छ ।

दिवसका अवसरमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराएका थिए । त्यसपश्चात भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

उक्त दिवसको अवसरमा राजदूतद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ३.६८ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरिएका थियो ।


दूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान गरेको छ ।

आजै दूतावासले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरेको थियो ।  समारोहमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।

स्वागत समारोहमा नेपालका पूर्व राष्ट्रपति रामवरण यादवले ‘India-Nepal Alumni Network Sampark’ का साथै www.samparkbharatnepal.com वेबसाइटको शुभारम्भ गरेका थिए ।

समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन उनीहरुले योगदानलाई कदर गर्दै सम्मान समेत गरिएको थियो ।

भारतीय राजदूतावासद्वारा आयोजित ‘ Maitri Through My Lens’ फोटो प्रतियोगिताका तीन उत्कृष्ट प्रतियोगीलाई चेक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
हेरौँ केही तस्वीरहरु

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : ०४ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन