राष्ट्रियताको रक्षाका लागि प्रधानमन्त्रीको पक्षमा उभिन जरुरी : मुख्यमन्त्री पोखरेल (भिडियोसहित) « Khabarhub

राष्ट्रियताको रक्षाका लागि प्रधानमन्त्रीको पक्षमा उभिन जरुरी : मुख्यमन्त्री पोखरेल (भिडियोसहित)


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश इञ्चार्ज शङ्कर पोखरेलले नेपालको नयाँ नक्सा सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि घेराबन्दी शुरु गरिएको बताएका छन ।

नेकपा ओली पक्षीय राष्ट्रिय युवा सङ्घ नेपालको प्रदेशस्तरीय भेलालाई आज बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालको गुमेका भूभाग समेटिएको चुच्चे नक्सा संसद्मा पारित भई सार्वजनिक भएपछि विवाद सिर्जना गर्ने काम गरिएको उल्लेख गरे ।

नयाँ नक्साकै कारण आजको सङ्कट आएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको आँट र साहसकै कारण चुच्चे नक्सा सार्वजनिक गरिएको बताए ।

उनले राष्ट्रियताको रक्षाका लागि पनि प्रधानमन्त्रीको पक्षमा उभिन आवश्यक रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले कारवाहीमा परिने डरले प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा नियुक्ति गर्न नदिएको उल्लेख गरे ।

हेरौँ भिडियो

अख्तियारलाई खाली राख्ने प्रचण्डको षड्यन्त्र सफल नहुँदा विवाद सिर्जना भएको बताउँदै अब नियुक्तिपछि काम अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री पोखरेलले अहिलेको राजनीतिक सङ्कट नयाँ पुस्ताका लागि अवसर भएको बताउँदै राजनीतिक परिवर्तनका लागि युवाको सक्रियता आवश्यक रहेको धारणा राखे ।

भेलामा पूर्व उद्योगमन्त्री तथा नेकपाका युवा नेता महेश बस्नेतले दाहाल–नेपाल पक्षका कारण संसद् विघटन गर्नुपर्ने स्थितिमा पुगेको बताए ।

गलत पात्रलाई नेतृत्वमा पुर्‍याउँदा सरकार र पार्टी सङ्कटमा परेको उनको भनाइ छ ।

दाहाल–नेपाल पक्षको पदीय स्वार्थले गर्दा समस्या उत्पन्न भएको बताउँदै उनले अधिकारवादीका नाममा केही तत्व प्रधानमन्त्री तथा सरकारलाई बदनाम गराउन लागिपरेको उल्लेख गरे ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : ५२ बजे

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन

चीनसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्न नेपाल इच्छुक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले चीन सरकारबाट प्राप्त सहयोगप्रति नेपाल कृतज्ञ

विश्व (एआई) सम्मेलन २०२६ चीनमा हुने

एजेन्सी– चीनको साङ्घाईमा आगामी जुलाईमा  विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६

सानिगाड हाइड्रोको स्थानीय सेयरमा लक्ष्मी सनराइजको मिलेमतोमा भएको अनियमिततामा अनुसन्धान गर्दै सेबोन

काठमाडौं– सानिमा हाइड्रोको स्थानीय सेयरमा भएको चलखेलमा नेपाल धितोपत्र बोर्डले

विश्वकपका एकपछि अर्को कीर्तिमानहरूमा हक जमाउँदै मेस्सी

काठमाडौं– अर्जेन्टाइन कप्तान लियोनल मेसीले विश्वकपमा नयाँ इतिहास रचेका छन्